कुवेत / कुवेतमा दुई दिनमा ३ नेपाली कामदारको मृ त्यु भएको छ । रोजगारीको लागि कुवेत पुगेका संखुवासभाका ३७ वर्षिय मान बहादुर आले मगरको हृदयघातबाट मृ त्यु भएको छ ।मृतक आले १८ महिना अघि कुवेत पुगेका थिए । मृतकको शव पो स्टमार्टम लागि कुवेतको फर्वानिया अस्पताल लगिएको जानकारी प्राप्त भएको छ ।
यस्तै, कुवेतमा इलामकी देउ कुमारी कार्कीले पनि आ त्माहत्या गरेकी छन् । घरेलु महिला कामदारको रुपमा कुवेत पुगेकी कार्कीले महाबुल्लास्थित स्पोन्सरको घरमा झुन्डिएर आ त्महत्या गरेको दूताबास स्रोतले जनाएको छ ।
यता, कपिलवस्तुका बुद्दिभूमी नगरपालिका घर भई कुवेतमा कार्यरत बिष्णु प्रसाद न्यौपानेको पनि मृ त्यु भएको छ । कुवेतको आदान अस्पतालमा उपचारकै क्रममा न्यौपानेको मृ त्यु भएको कुवेतस्थित नेपाली दूताबासका द्वितीय सचिब श्रीकृष्ण सिलवालले जानकारी दिएका छन् ।
श्वास-प्रस्वासमा समस्या भएपछि न्यौपानेलाई महाबुल्लाकै अस्पताल पुर्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि आदान अस्पताल रिफर गरिएको थियो। बिगत ३ वर्ष देखि कुवेतमा कार्यरत मृ तक न्यौपानेको श्रीमती पनि कुवेतमै कार्यरत रहेकी छन् । मृ तक सबैको कानुनी प्रकृया थालिएको दूताबासले जनाएको छ ।