
नेपालमा स्वाब टेष्ट कसरी गरिन्छ । त्यो सबैको चासोको बिषय हो । आज हामीले प्रयोगशाला भित्र(ल्याब)को को पहिलो भिडियो सार्वजनिक गदैछौ। के हो त आरडिटी र पिसिआर परीक्षण त्यो देखाउने छौं ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको प्रभावमा नेपाल पनि छ भन्ने सवैलाई अवगत नै छ । अहिलेसम्म ९९ जना संक्रमित यहाँ भेटिएका छन् । संक्रमितको संख्या बढेसंगै परीक्षणलाई तीव्रता दिईएको छ ।
संकास्पद व्यक्तिहरुलाई कोरोना भाइरस संक्रमण भए नभएको प्रमाणित गर्नका लागि दुई विधिबाट परीक्षण गर्ने गरिन्छ । जस्मा ¥यापिट डाइग्नोस्टिक टेष्ट (आरडिटी) र स्वाब नमुना परिक्षण पिसिआर (पोलीमरीज चेन रियाक्सन) पर्दछ ।
के हो त यो विधिहरु, किन दुई विधि प्रयोग गरि कोरोना भाइरस कोभिड–१९ परिक्षण गरिन्छ ?
कोरोना भाइरस विशेष गरेर स्वासप्रस्वासबाट मानव शरीरमा प्रवेश गर्ने गर्दछ । यो भाइरसले स्वास प्रस्वासको माध्यम नाक र मुखबाट मानव शरीरमा प्रवेश गरी फोक्सोमा आक्रमण गर्छ ।
यो भाइरस भए नभएको जनकारी लिनका लागि स्वाव म्याथड बाट नमुना निकाली भाइरसको प्रोटिन जाच गर्ने गरिन्छ । यसरी स्वाब निकालेर गरिने परीक्षणलाई पिसिआर टेष्ट भनिन्छ । यसै सन्दर्भमा प्रदेश न १ बिराटनगरमा मा रहेको कोसी अस्पताल ,पशु पन्छी रोग अन्वेषण प्रयोग शालामा यो गरिदै आएको छ । भने कोभिड १९ कोरोना अस्पतालको अवस्थाको बिषयमा स्थलगत रिपोर्ट हेर्नुहोला ।।