
राजनीति को महत्वपूर्ण कडिको रुपमा रहेको राष्ट्रियता नेपाली भूमिमा यति बिघ्न अष्पष्ट बनाइयो कि राजनीति गर्नेले आ-आफ्नो ढंगले जहाँ जसरी सहजता प्राप्ति हुन्छ त्यही ढंगले परिभाषा दिइरहेका छन । वास्तबमै कुनै पनि राजनीतिक पार्टिको शक्तिको रुपमा र देशको पहिचानको रुपमा रहने भइकन पनि नेपाली परिप्रेक्ष्यमा भने राजनीतिक पार्टी हरुले राष्ट्रियता लाई ढाँटी खाने साधन बनाएकै छ्न जसको कारण वास्तवमै नेपाल कमजोर राष्ट्र को रुपमा रहन पुगेको छ । अब त यस्तो अवस्था को सृजना भइसकेको छ कि स्वदेश लाई मायाँ गर्छु भन्नेले आफ्ना कुरा जनता सामु राखेर समस्त राष्ट्र प्रती मायाँ ममता गर्नेहरु लाई एकताबध्द गराइ ती राजनीतिक पार्टी र राजनीतिज्ञ लाई विवस पार्नु पर्छ नभए त्यस्ता अवसरवादी राष्ट्रियता को राजनीति गर्नेहरुलाइ जनबल बाट विस्थापित गराइनु पर्छ ।
भर्खरै मात्र नेपालका दिग्गज भनिने राजनीतिज्ञ मात्र नभई पूर्व प्र.म. समेत भइसकेका व्यक्तित्व ले नेपाल र नेपाली जनमन मा स्थापित भइसकेको बिक्रम सम्वत लाई विस्थापित गरि इस्वी सम्वत मा नेपाल चल्नु पर्छ भनेका छन ! के नेपाल मा नेपालीले अपनत्व कायम गरिसकेको आफ्नै अस्तित्वलाई त्यागी अन्य कुनै देशले प्रयोगमा ल्याएको ईशाइ सम्बत मा जानू आफ्नु पहिचान मेटाउनु होइन र ? वास्तवमै भन्ने हो भने नेपाली जनताले बनाइदिएको त्यो हैसियत भएका व्यक्तिले यस्तो कुरा खुलेआम राख्दा उनी माथी कानुनी करवाही हुनुपर्ने हो तर नेपालमा नेपाली राष्ट्रियता त केवल दक्षिणी छिमेकी लाई गाली गर्नुमा मात्र छ भन्ने स्थापित भइरहेको छ । जसको परिणाम जनताले आफ्नो देशको राष्ट्रियता के हो र के मा छ भन्ने मा नै अलमल मा परेका छन ।

नेपाल आदिम काल देखि आफ्नो अस्तित्वमा रहि आएको पाइन्छ, कैयौं संकट र समस्यामा पनि आफुलाइ जीवन्त राख्न सक्नु मा यहाँका तात्कालिन शासकको क्षमता मा भन्दा आफ्नै विशिष्टतामा टिकेको पाउन सकिन्छ । वास्तवमा नेपाल नामाकरण हुँदा देखिनै दैवी शक्तिको प्रभाव आँकलन गर्न सकिन्छ जहाँ नेपालका आराध्यदेव पशुपतिनाथ कहिँ न कहिं जोडिन पुग्छन ! ने मुनि द्वारा पालित, निप जातिको शासन, नेवारी संस्कृति सँगको सम्बन्ध बाट नेपाल नाम रहेको, आदि-आदि तथ्यहरु प्रस्तुत भएका छन भने यी तथ्य भन्दा फरक र प्रमाणित अन्य कुनै तथ्य स्थापित भएको पनि देखिंदैन !
अझ भन्नू पर्दा जति पनि मिथक या तथ्यहरु आएका छन सबैनै धर्म-संस्कृति भित्र बाट आएको देखिन्छ । समय क्रम सँगै अनेक राज्य-रजौटाहरु जोडिने, छुट्टिने क्रमहरु चलिरहँदा करिब तीन सय वर्ष अघि गोरखामा ( तात्कालिन अवस्थामा अर्को राज्य) राज्य चलाइ रहेका शाह वंशिय राजा पृथ्वीनारायण ले अनेकौं स-साना रजौटाहरुलाइ समेटेर एउटा विशाल राष्ट्र निर्माण गर्दा पनि तत्काल आफुले राज गरेको राज्यको नाम नदिइ पछि ठूलो कष्ट गरेर समेटेको भू-भाग कै नाममा समेटिएको विशाल राज्य लाई नेपाल नामाकरण गरिनु चानचुने कुरा थिएन । समयक्रममा ठुला-ठुला राज्यहरु हार्दै नेपाल माथी पनि भयंकर हमला हुँदा पनि यसले आफ्नो अस्तित्व जोगाइ राख्न सक्नुको अन्तर्यमा दैवी प्रभावनै भेट्न सकिन्छ । यस्ता विशेषता र विशिष्टता बोकेर निर्माण भएको, कहिल्यै पराधिन नभएको राष्ट्र आज लगभग राष्ट्रियता विहिन अवस्थामा पुग्दा लाग्छ अबका थोरै दिनहरुमा देशै त हराउँदैन ?
विशाल दुई राष्ट्रहरुको बिचमा अत्त्यन्त सानू भूभागमा अवस्थित राज्य आज निर्धक्क अस्तित्वमा रहनु यसको आफ्नै विशिष्टता छ अनि यहाँ राज्य गरिरहेका शासक वर्ग ले यो विशिष्टताको पहिचान गरि त्यसको प्रयोग गर्नु पर्दछ भलै त्यसमा आफू लाई जनस्तरमा राख्न किन नपरोस । देशको माया गर्नेले त नेपाल रहे न नेपाली रहिनेछ भन्ने बुझ्नु पर्छ र स्विकार्नु पर्छ नि ! यदि त्यसो हो भने हरेक राजनीतिक पार्टी र राजनितीज्ञ मा राष्ट्रियता झल्किन्छ, परिणाम स्वरुप राष्ट्र बलियो रह्न्छ ।
पूर्व, दक्षिण र पश्चिमी भु-भागमा रहेको विशाल देश जहाँ विश्वको ठूलो प्रजातान्त्रिक व्यवस्था छ र उत्तरी भु-भागमा अवस्थित अझ विशाल राज्य चीन जहाँ विश्वकै शक्तिशाली कम्युनिस्ट व्यवस्था छ । यी महाराष्ट्रहरु एकापसमा मित्रता कम र प्रतिद्वन्दिता बढी रहेका यी दुइको बिचमा रहेर सानो मुलुक तर विशाल विशेषता प्रस्तुत गर्न सक्नुमा नै नेपाल राष्ट्रको राष्ट्रियता उजागर हुन्छ । तर दुर्भाग्य नेपालका राजनेता भनिनेहरु यीनिहरुको मध्यस्थको विशिष्ट भुमिका खेलि आफू र आफ्नो राष्ट्र लाई उच्च स्थान दिलाउन लाग्नुको साटो खुंखार चाकडिवाजको रुपमा प्रस्तुत भइ आफू त निचतामा डुबेकै छन सँगै सिङ्गो देश नै डुबाउन व्यस्त देखिन्छन । यस्तो हुनुमा पनि एउटै सत्य स्थापित छ कि यहाँ को राजनीतिमा देश सुहाउँदो राज्य नीति नै छैन जब देश सुहाउँदो राजनीति हुँदैन त्यहाँ अनेक बाहिरी तत्वले खेल्ने मौका पाउँछ र हरेक सत्तामा त्यसको प्रभाव पर्दा देशको राष्ट्रियता धमिलो हुन जान्छ ।
भौगर्भिक विशिष्टता स-गर्व उल्लेख गर्न सकिने तथ्य लाई सगरमाथा, कञ्चनजंघा, अन्नपूर्ण लगायत विश्वका दस उच्च शिखर ले नेपाल लाई सु-शोभित त गराएकै छन त्यस्तै धार्मिक विविधता बिच बाट विश्वका करिव डेढ अर्ब हिन्दुको आराध्यदेव पशुपतिनाथ, एशियाको दिव्य-दृष्टि गौतम बुध्द, आदर्श नारी सीता, भृकुटी अरनिको आदि ले शोभायमान बनाएको देशमा आज राजनीति गर्नेहरुले यत्रो वैशिष्ट्यता को पर्वावाह नगरी वा नियतवश पराया संस्कृति र अझ नेतृत्व तह बाटै खुलेआम र निर्लज्ज ढंगले पराया धर्म लाई भरपुर प्रश्रय दिइंदै आएको पाइएको छ !
करिब तीन करोड जनसंख्या भित्रको देशले डेढ अर्बको सँख्यामा रहेका सम्प्रदायको नेतृत्व गर्छ भने के हाम्रो देश नेपालको राष्ट्रियता कम आँकलन गर्न मिल्छ ? समस्त देश बासीमा यहि भन्न चाहेको हुँ कि सच्चा राष्ट्रभक्त बनेर राष्ट्रियता को गित गाउनु छ भने यसको लागि चाहिने सुर, ताल, लय, संगित शब्द सबै नेपाल आफैंले जोहो गरेको छ !
त्यति मात्र नभइ आफ्नो देश र जनतामा सम्पूर्ण रुपमा स्विकार्य भइसकेको सँस्कार- संस्कृति माथी देशका अब्बल भनिने राजनेता बाटै ठाडो दुत्कार्ने काम भएको छ जसको उदाहरण भर्खरै मात्र नेपालका पूर्व प्र.म. डा. बाबुराम भट्टराई बनेका छन ! यीनले नेपाली जनजनको नशा नशा मा सिंचित भइसकेको बिक्रम सम्वतको प्रयोग लाई बदलेर इस्वी सम्बत प्रयोगमा ल्याउन खुलेआम आह्वान गरे । यस बाट यीनिले के फाइदा लिए र लिन खोजेका हुन त्यो त समय क्रममा खोजी होलानै तर देश को पहिचान माथी नाली(फोहर) फ्याँक्ने काम भने निर्लज्ज गरेका छ्न, के एक विशिष्ट राजनीतिज्ञ ले देशलाई दिने यहि हो ? के बिगारेको छ बि. सं. ले र के दिएको छ वा दिन्छ इ. सं. ले ?
अब खोजी गर्न मात्र होइन यस्ता गध्दार धमिरा लाई छानिछानी जनस्तर बाट स-सक्त कार्वाही गर्न निक्कै ढिला भइसकेको छ । होइन भने निष्प्राण माटो र ढुँगाको सेरोफेरो लाई मात्र देश र राष्ट्र त भनिंदैन होला नि ? त्यस्तै राष्ट्रवादको नारा लाई खुट्किलो बनाइ सत्ताको सुरक्षीत आसन निर्माण गर्न सफल भावमा सम्पूर्ण रुपमा नास्तिकवाद को वकालत गर्ने पार्टिका नेताहरु मात्र नभइ देशको कार्यकारी प्रधानमन्त्री समेतले सारा दुनियाँमा बदनाम भएको, नेपाल र नेपाली लाई कहि कतै कुनै कोण बाट नचिनेको कृश्चियन मिशनरी द्वारा प्रायोजित कार्यक्रममा प्रधानमन्त्री को ओज लाई न्यून बनाएर एउटा व्यवसायिक होटलको कोठामा २/३ दिन बिताएर, जनवादी विचारमा प्रशिक्षित भनिएका कार्यकर्ता लाई ल्याएर एउटा तुच्छ, तिरस्कृत विदेशी धार्मिक कार्यक्रम का अत्त्यन्त विवादित व्यक्ती जो आज आपराधिक कृयाकलाप गरे बापत जेल सजाय भोगिरहेको छ, त्यस्ता कार्यक्रमको मुख्य आयोजक बनेर घिनलाग्दो ढंगले चिनिने “होली वाइन” पिए र पिलाए तर त्यही प्रधानमन्त्री, पार्टी र त्यसका कार्यकर्ता भनिनेहरुले विश्वभरका एक अर्ब पचास करोड हिन्दु सम्प्रदायले पुजेका एक मात्र आराध्य देव पशुपतिनाथ लाई कुनै प्रवाह
नदिएको अवस्था जीवन्त छ ।
करिब तीन करोड जनसंख्या भित्रको देशले डेढ अर्बको सँख्यामा रहेका सम्प्रदायको नेतृत्व गर्छ भने के हाम्रो देश नेपालको राष्ट्रियता कम आँकलन गर्न मिल्छ ? समस्त देश बासीमा यहि भन्न चाहेको हुँ कि सच्चा राष्ट्रभक्त बनेर राष्ट्रियता को गित गाउनु छ भने यसको लागि चाहिने सुर, ताल, लय, संगित शब्द सबै नेपाल आफैंले जोहो गरेको छ ! चाहे राज्य प्रणाली नै किन नहोस विदेशी वाद र विदेशी नक्कल गरिरहनु पर्दैन । यदि “म” भन्दा पहिलो “मेरो देश”भनिनु लाई नै राष्ट्रियता भनिन्छ भने व्यक्तिगत आकाँक्षा लाई गौण र राष्ट्र लाई उच्च स्थानमा राख्न सकिन्छ र आउँदो पिढीलाई सग्लो राज्य दिन सकिन्छ ! मदहोश हुन छोडौं त्यहाँ आउँदो पिढीको र कसैको भलो छैन ! होसमा देश सम्हालौं सायदै “कानी” रहलिन तर आफ्नै आमा रहन्छिन !
नाेट : याे लेखककाे निजी बिचार हाे ।