
नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या सय नाघेको छ।
बिहीबार कपिलवस्तुका २ पुरूषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुगेको हो। जसमध्ये ७३ पुरुष र महिला २८ जना रहेका छन् ।
आज थपिएका दुई पुरूषको उमेर १६ र २२ वर्ष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उनीहरू दुबै जनाको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमै छन्।
बुधबारमात्रै वीरगन्जमा दुई महिनाका शिशुसहित एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।