
कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउन (बन्दाबन्दी) का बेला घरमा बसेर खाने रमाइलो गर्ने त गरिरहनु भए कै होला तर तपाईंले शारीरिक सक्रियतालाई कतिको ख्याल गर्नु भएको छ ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओ, चिकित्सक तथा खेलाडीले पनि घर भित्रै बसेर शरीरलाई फूर्तिलो बनाउन केही शारीरिक अभ्यास गर्नु पर्नेमा जोड दिनुभएको छ । डब्लुएचओले त गाइडलाइननै तयार पारेको छ ।
लामो समय बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भएकोले शरीरलाई चलायमान गर्नुपर्ने हाड जोर्नी विशेषज्ञ डा. प्रकाश द्वारेको सुझाव छ । उनले भने, बाहिर जान सम्भव नभए पनि केही समय निकालले र घर भित्रै शारीरिक कसरत गर्नु पर्छ ।
घरमा टिभि हेर्ने, मोबाइल चलाउने र खाने सुत्ने अवश्य पनि लकडानको समयमा बढी हुन्छ डा.द्धारे भन्छन् , त्यसैले एक घण्टा भए पनि शारीरिक कसरतले विभिन्न हाड जोर्नीसँग सम्बन्धित समस्या र अन्य रोग लाग्नबाट बच्न सकिन्छ । धेरै सुत्ने तथा मोबाल चलाउने बानीले कम्मर, हात तथा स्पाइनलको समस्या आउने हुँदा शरीरलाई चलायमान गर्नुपर्ने सुझाव दिन्छु ।
अहिले कोरोनाको प्रकोप भएका कारण श्वासप्रश्वास प्रणालीमा पनि ध्यान दिनुपर्ने भएकोले श्वासप्रश्वास सम्वन्धि शारिरीक कसरत गर्नुपर्ने पनि उनको सुझाव छ ।
यसैगरी शारीरिक कसरत गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । यो समयमा घरमा भएका परिवारको साथ सक्रिय हुन र साथीहरुसँग सञ्चारका माध्ययमबाट सम्पर्कमा रहि रहन आग्रह गर्दै विश्व स्वास्थ्य सङ्गठनले यो समय परिवारसँगै बगैँचामा हिँड्ने, साइकल चलाउने, आराम गर्ने, मिलेर खाना बनाउने गरेमा शारीरिक र मानसिक दुवै स्वास्थ्य ठी क रहने पनि बताएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका सुझाव
एक वर्षभन्दा कम उमेरका शिशुका लागि बच्चा ब्युँझिएको बेला आफूपनि बच्चासँग भुइँमा खेल्ने खेलहरु खेल्ने ।
पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूसँग घर र यसको वरिपरिको खेल्न सकिने खेलहरु खेल्ने । बच्चामा श्वास बढ्ने गरी वरिपरि दौडने, उफ्रने, चिप्लने जस्ता खेलहरु खेल्ने ।
पाँच वर्षदेखि १७ वर्षसम्मका बच्चा तथा किशोर अवस्थाका परिवारका साथ सक्रिय भएर खेल्ने । सम्भव भए अनलाइनबाट शारीरिक शिक्षा कक्षा लिएर उपयुक्त व्यायमहरु गर्ने ।
वयस्कले सकेसम्म सिँढीमा चढ्ने धेरै शारीरिक गतिविधि हुनको लागि घरको कामहरू गर्ने मुटुको गति बढाउने खालको काम गरिरहने दिनचर्या बनाउनुपर्छ ।