
विश्वभर उडान प्रतिवन्ध घटे संगै र यात्रुहरुको चापका कारण कतार एयरवेजले नेपाल लगायत ८० देशमा उडान सुरु गर्ने भएको छ । एयरवेजले हिजो एक वक्तव्य जारी गर्दै यसै महिनाको अन्त्य सम्ममा ५० राष्ट्रमा र जुन महिनाको अन्त्यमा ८० राष्ट्रमा उडान पुन सुचारु गर्ने बताएको छ ।
कम्पनीको अनुसार मुख्यगरि जुन महिनाको अन्त्यमा एयरवेजले यूरोपको २३ देश,अमेरिकाको ४ देश, मध्यपुर्व र अफ्रिकाको २० र एसियाको ३३ देशमा हवाई उडान सुचारु गर्नेछ ।
We continue to operate flights to more than 30 destinations around the world. By the end of May, we plan to grow our network back to over 50 destinations with a further number of destinations planned to be added by the end of June.
Read more: https://t.co/lLsubQXE1p pic.twitter.com/ZbXeZFgkNK
— Qatar Airways (@qatarairways) May 6, 2020
एयरवेजले हाल पनि ३० वटा देशहरुमा हवाई उडान यथावत राखेको छ । जसबाट १० लाख बढी यात्रु आफ्नो घर फर्कन सफल भएका छन् ।