
काठमाडौं । विश्वव्यापी रुपमा रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड–१९) राेकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घाेषणा गरेकाे बिहिवार ४५ दिन भएको छ । लकडाउनका कारण सडक सुनसान छ, देशभरकाे गतिविध ठप्प छ । केही अत्यावश्यक सवारीसाधन चलेका छन् । लकडाउनकाे कारणले गर्दा मानिसहरु अहिले घरमा नै बस्न बाध्य छन् । सरकारले पटक पटक गरेर ६ पटकसम्म लकडाउन बढाएपछि मानिसहरु घरबाट बाहिर निस्कन नपाएका हुन् । मुलुक कोरोनाभाइरससँग जुधिरहेको छ । गत चैत ११ गतेदेखि लकडाउन भएसँगै सार्वजनिक यातायातका साधन पूर्ण रुपमा बन्द छ भने निजीलाई पनि चलाउन रोक लगाइएको छ ।
अत्यावश्यक सवारी साधन मात्रै चलेको छ । जस कारण काठमाडौंका भद्रकाली, शहिदगेट, रत्नपार्क, घण्टाघर क्षेत्रमा ज्याकारण्डा फूलले झरेर पनि आफ्नो अस्तित्व सडकमा जोगाउन पाएको छ । सो क्षेत्रमा रुखमा फुलेका मात्रै होइन भूइँमा झरेका फूल पनि राम्रा देखिएका छन् ।
गत वर्ष पनि फुलेर झरेका बेला सवारी साधनले कुल्चिएर अस्तित्व नामेट पार्थे, तर अहिले अवस्था त्यस्तो छैन । जस कारण रुखमा फूलेका र भूइँमा झरेका ज्याकारण्डा फूलले काठमाडौंको सौन्दर्यता बढाएको छ । विकाश बखुन्छेँ फाेटाेपत्रकार हुन् । उनकाे सामाजिक निकै मनमाेहक तस्विरहरु क्यामरामा कैद गरेका छन् ।
हेराै १२ सुन्दर तस्विरहरु :