
आज (बिहीबार) विहान नारायणी पुलबाट हाम फाल्दा एक जना वृद्ध बेपत्ता भएका छन् ।
बिहान ८ बजेको समयमा भरतपुर महानगरपालिका–५ निवासी ७३ वर्षीय धनपति भुषाल नारायणी बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।
स्थानीयका अनुसार ती वृद्धले गैंडाकोटतर्फबाट पुलबाट नदीमा हाम फालेका थिए ।
वृद्धको अखिले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय नारायणी पुलबाट हामफाल्ने क्रम बढ्दै गइरहेको छ ।
नारायणी पुलको बार होचो छ । ‘कि पुलको बार अग्लो हुनुपर्यो । वा त्यहाँबाट खसेको मान्छे सिधै नदीमा नखस्ने जाली राख्नुपर्यो,’ स्थानीयबासी भन्छन् । सडक विभाग वा स्थानीय निकायले यसबारेमा योजना बनाउनुपर्ने उनको सुझाव छ । केही वर्षअघि पुलको आडमा सशस्त्र प्रहरीको उद्धार टोली बस्थ्यो तर अहिले त्यो पनि छैन ।