
काठमाडौं, काठमाडौंको गौशालामा निजी कार र एम्बुलेन्स आपसमा ठोक्किँदा १ जना घाइते भएका छन् ।
साढे ३ बजेको समयमा गौशालास्थित सडकखण्डमा मित्रपार्कबाट एयरपोर्टतर्फ आउँदै गरेको बा१०च ८५१३ नम्बरको निजी कारलाई विपरीत दिशाबाट आएको बा८छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो ।
मापसे गरेर एम्बुलेन्स चलाउँदा बिहीबार दिउँसो बा८६ ६९२८ नम्बरको एम्बुलेन्सले बा १० च ८५१३ नम्बरको ग्राण्डी अस्पतालको कारलाई ठक्कर दिएको थियो। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
ठक्करबाट निजी कार चालक काठमाडौंको गोंगबु बस्ने २९ वर्षीय सविन श्रेष्ठ घाइते भएका छन् ।
दुर्घटनापछि चे’कजाँचका क्रममा एम्बुलेन्स चालक मोरङ, पथरीका ३६ वर्षीय रामबहादुर चौधरीले मा’पसे गरेर सवारी चलाएको पाइएको छ। साथै उनीसँग सवारी चालक अनुमति पत्र समेत नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दुवै सवारी र चालक गौशाला प्रहरीको नियन्त्रणमा छन्।