साइप्रसमा एक नेपाली युवाको हत्या भएको छ ।
उनको चक्कु प्रहार गरी हत्या भएको हो ।
ज्यान गुमाउनेमा चितवनको रत्ननगर नगरपालिका–१२ का २१ वर्षीय विवेक अम्मगाई रहेका छन् ।
साइप्रसको राजधानी निकोसिया नजिकैको इभिचिउमा मंगलबार राति साथि साथि मिलेर रक्सी खाएका थिए ।
साइप्रसका प्रहरीले दिएको जानकारी अनुसार उनको आफ्नै कोठामा बस्ने साथी सुवास गिरीले चक्कु प्रहार गरी हत्या गरेको बताइको छ ।
गम्भिर घाइते भएका विवेकको अस्पतालमा निधन भएको हो । सँगै कोठामा बस्ने २२ वर्षीय सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निकोसिया को इभ्रीचिउ गाउँमा एउटै घर मा बस्दै आएका नेपाली बिच झगडा हुँदा चक्कु प्रहार गरि हत्या भएको प्रहरीको भनाइ छ ।
स्थानिय मिडियाका अनुसार चक्कु प्रहार गरी गम्भीर घाइते बनाए पछि आरोपीले स्थानीय प्रहरीमा सो घटनाको जानकारी दिदै आत्मसमर्पण गरेका थिए ।
पीडितलाई घटनास्थलमा बाट प्रहरीले उद्दार गरि अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको बताइएको छ ।