
पछिल्लो २४ घन्टामा नेपालमा कुनै पनि संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले आज प्रेस व्रिफिङ्गमा नयाँ संक्रमित नभेटिएको जानकारी दिएका हुन् ।
अहिलेसम्म नेपालमा १४ हजार ५ सय ९ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ भने ५४ हजार ९३ जनामा आरडीटी विधिबाट परीक्षण गरिएको छ । आरडिटी परिक्षणमा प्रदेश अन्तर्गत प्रदेश १ मा ६ हजार ५ सय ५९ प्रदेश २ मा ५ हजार ३ सय ४८ बाग्मती प्रदेशमा मा ९ हजार ४४ गण्डकी प्रदेशमा ६ हजार ३ सय ३९ प्रदेश ५ मा ५ हजार ७ सय १३ कर्णाली प्रदेशमा ६ हजार ६ सय ८ र सुदुरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ जना गरी जम्मा ५४ हजार ९३ जनाको आरडीटी विधिबाट परिक्षण गरिएको छ ।
पछिल्लो २४ घन्टामा १ हजार ४ सय ५१ जनाको पीसीआर विधिबाट कोरोना चेक भएको छ जसमा कसैको पनि पोजेटिभ नतिजा आएको छैन ।
अहिलेसम्म नेपालमा ९९ जना कोरोना संक्रमित भेटिएका छन् जसमध्ये ७१ जना पुरुष हुन् भने २८ जना महिला हुन् । तीमध्ये नावालकहरु पनि केही छन् ।
कोरोना संक्रमणको हटस्पटको रुपमा देखिएको उदयपुर जिल्लामा ५ सय विरगन्ज र नेपालगन्जमा १ हजारको दरले थप नमुना संकलन गर्नको लागि नेपाली सेनासहितको चिकित्सकिय टोली त्यसतर्फ गइसकेको देवकोटाले जानकारी दिएका छन् ।
कोरोना संक्रमित मध्ये ७७ जना देशका विभिन्न अस्पतालमा उपचाररत छन् भने बाँकी २२ जना निको भएर घर फर्किसकेका छन् ।