
नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लकडाउनको वेला मजदूरलाई राहत ५ किलो चामल! तर पानी जहाज कार्यालयलाई डेढ करोडको नयाँ गाडी किन्ने ? भन्दै प्रश्न गरेका छन् । उनले सरकारसँग आक्रोस पोख्दै अब गरिव जनताको अस्थिपन्जर पनि बाँकी नराख सरकार भनेका छन् ।
यसका साथसाथै नेता गुरुङले यो लकडाउनको मौका छोपेर एउटा ग्याँसपाइप कार्यालय पनि स्थापना गरौं र डेढ करोडको अर्को गाडी पनि किनौं। भन्दै ब्यंग्य पनि गरेका छन् ।
यो छुटाउनु भयो कि ?
काेरोना महमारीकाे बेला डेढ करोडको गाडी किन्दै पानी जहाज कार्यालय
पानीजहाज कार्यालयले गाडी खरिद गर्ने भन्दै बोलपत्र आव्हान गर्दै पत्रिकामा सूचना प्रकाशन गरेपछि उक्त कुराको सर्बत्र बिरोध हुँदै आएको छ । त्यसै क्रममा नेता गुरुङको पनि उक्त कुरा गलत भन्दै प्रतिकृया आएको हो ।
नेता गुरुङको आफ्नै शब्दमाः लकडाउनको वेला मजदूरलाई राहत ५ किलो चामल ! तर पानी जहाज कार्यालयलाई डेढ करोडको नयाँ गाडी किन्ने? लुछ सरकार लुछ। गरीब जनताको अस्थिपन्जर पनि बाँकी नराख! @hello_sarkar यो लकडाउनको मौका छोपेर एउटा ग्याँसपाइप कार्यालय पनि स्थापना गरौं र डेढ करोडको अर्को गाडी पनि किनौं। “बयलगाडातन्त्र”