
एजेन्सी – अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयमा पढाउने एक चिनियाँ वैज्ञानिकले कोभिड–१९ को अनुसन्धानको क्रममा निकै महत्त्वपूर्ण तथ्य पत्ता लगाउनै लागेका बेलामा गो-ली प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
बिङ लिउ नामक ती रिसर्च असिस्टेन्ट प्रोफेसरलाई शनिवार उनकै शहरमा टाउको, घाँटी, कम्मर र हातमा गो-ली हानिएको रोस प्रहरी विभागले जानकारी दिएको हो ।
पहिचान नखुलेका एक व्यक्ति आफ्नो गाडीमा मृ-त अवस्थामा फेला परेका थिए । उनैले लिउको ह-त्या गरेर आ-त्महत्या गरेको विश्वास प्रहरीले लिएको छ ।
यी दुवै मानिसले एकअर्कालाई चिनेको तर लिउ चिनियाँ भएकै कारण उनको ह-त्या गरिएको कुनै संकेत नपाइएको प्रहरी सार्जेन्ट ब्रायन कोलहेपले बताए ।
पिट्सबर्ग विश्वविद्यालयले एक बयान जारी गरेर बिङ लिउको मृ-त्युबाट गहिरो धक्का लागेको र उनी प्रतिभाशाली अनुसन्धाता तथा सहकर्मी भएको बताएको छ ।
‘बिङले सार्स–कोभ–२ संक्रमणका कोशिका संयन्त्रको बोधका सम्बन्धमा निकै महत्त्वपूर्ण जानकारी हासिल गर्नै लागेका थिए,’ उनका सहकर्मीहरूले एक बयान जारी गरेर जानकारी दिए ।