
भोली बिहीबार बैशाख २५ गते भारतबाट अमेरिका, फिलिपिन्स, सिंगापुर, बंगलादेश, युएई, युके, साउदी अरेबिया, कतार, सिंगापुर, फिलिप्पीन्स, ओमान, बहरेन र कुवेतका लागि उडानहरू जाँदै छन् आफ्ना नागरिकहरुलाई फिर्ता ल्याउन ।
कोरोना भाइरसको कारणले गर्दा विदेशमा अलपत्र परेका आफ्ना हजारौं नागरिकहरूलाई भारतले बैसाख २५ गते बिहीबार देखि विश्वको सबैभन्दा ठूलो निकासी अभियान शुरू गरेर हवाई र समुद्री मार्ग मार्फत फिर्ता ल्याउने भएको छ । तीन लाख भन्दा बढी भारतीयहरूले उडान घर (flight home) को लागि भारत सरकार संग अनुरोध गरेका थिए ।
पश्चिमी एशिया र माल्दिभ्समा अडिएका भारतीयहरूका लागि नौसैनिक युद्धपोतहरू पनि तयार भै सकेका छन । खाडी युद्ध पछिको यो पहिलो सबैभन्दा ठूलो निकास अभ्यास (Evacuation Exercise) हुनेछ । खाडी युद्धको बेलामा पनि भारतले आफ्नो राष्ट्रिय एयरलाइन्स एयर इंडियाका थुप्रै बिमानहरु बाट आफ्ना १ लाख ७० हजार नागरिकहरुलाई हवाई मार्ग मार्फत फिर्ता ल्याएको थियो । त्यतिबेलाको त्यो घटना पनि संसारकै सबै भन्दा ठूलो निकास (Evacuation) थियो ।
भारतीय नागरिकहरु झैं हाम्रा देशका नागरिकहरु पनि धेरै देशमा अलपत्र परेका छन । धेरैको रोजगारी खोसी सकिएको छ । उनिहरु पनि आफ्नो देशमा फर्किन चाहन्छन । कैयौं चोटी सरकार संग अनुरोध पनि गरी सकेका छन ।
सरकारमा बसेका सम्बन्धित व्यक्तिहरू (officials) ले एक चोटी सोच्नु पर्ने हुन्छ कि अलपत्र परेका ऊनि नागरिकहरुको ठाउँमा यदि तपाई भएको भए, तपाईलाई कस्तो महसूस हुन्थ्यो होला ?
संसारको सबैभन्दा ठूलो निकास शुरू गर्न भारतले १० बुँदे गाइडलाईन तयार पारेको छ, हेर्नुहोस:
१. १३ देशहरूमा रहेका १४ हजार ८ सय भन्दा बढी भारतीयहरुलाई पहिलो सातामा ६४ उडानले फिर्ता ल्याउने छ, विदेश मन्त्रालयले भनेको छ, “हामी भारतीय नागरिकहरुलाई मात्र फिर्ता ल्याउने छौं, कुनै ओसीआई (भारतका ओभरसीज सिटिजन) कार्ड हुनेहरुलाई होइन ।”
२. निकासको पहिलो दिन भोली बैसाख २५ गते, बिहीबारका दिन जुन विभिन्न देशहरुका एयरस्पेस बन्द हुने भएका छन त्यहाँ फसेका २ जाजर ३ सय भारतीय नागरिकहरुलाई फिर्ता ल्याईने छ ।
३. आगामी केही दिनहरूमा सरकारले १० उडान युएईका लागि, संयुक्त राज्य र युकेका लागि १० उडान, साउदी अरेबियाका लागि ५ उडान, सिंगापुरका लागि ५ उडान र कतारका लागि २ उडानहरू सञ्चालन गर्नेछ । त्यसैगरी मलेसिया र बंगलादेशका लागि ५-५ पाँच उड़ान, कुवेत र फिलिपीन्सका लागि पनि ५-५ उड़ान र २-२ उड़ान ओमान र बहरीनका लागि सञ्चालन गर्ने भएको छ ।
४. प्रत्येक उडानमा सामाजिक दूरी सुनिश्चित गर्नका लागि २०० देखि ३०० यात्रुहरू भन्दा बढ़ी हुने छैनन । विशेष उडानमा चढ्नु भन्दा पहिले, यात्रुले उनीहरूलाई ज्वरो, खोकी, मधुमेह वा कुनै श्वासप्रश्वासको रोग छ कि छैन भनेर घोषणा गर्न आवश्यक हुनेछ ।
५. अन्य भारतीयहरु जो संग वैध भिसा छ र आ-आफ्नो गन्तव्य देशमा जाने अनुमति छ भने तिनिहरुलाई पनि नागरिकहरूलाई फिर्ता ल्याउने त्यसै उडान मार्फत यात्रा गर्ने अनुमति दिइनेछ ।
६. सबै यात्रुहरूको स्क्रीनिंग गरिनेछ र केवल सम्भावित यात्रीहरूलाई मात्र यात्रा गर्न दिइनेछ, सरकार भन्छ । घर पुग्ने बित्तिकै उनीहरू १४ दिनसम्म अलग्गै रहनेछन् ।
७. नौसेनाद्वारा तैनाथ गरिएका तीन जहाजहरू आईएनएस शार्दुल, आईएनएस मगर र आईएनएस जलाश्वा हुन्। विशाखापट्टनममा रहेको आईएनएस जलाश्वाले अरबी सागरमा प्रवेश गरी सकेको छ । भारतीय वायुसेनाले बोईंग कम्पनीको सी-१७ ग्लोबमास्टर र लकहीड मार्टिन कर्पोरेशनको सी-१३० जे सुपर हरक्युलिस समेत आफ्ना ३० एयरक्राफ्टहरु मिसनको लागि तयार पारेको छ।
८. भारतले मार्चको अन्तमा सबै उडानहरू प्रतिबन्धित गर्दै कोभिड-१९ लाई जाँच्न र अन्तरराष्ट्रीय माध्यम बाट भाईरस भित्रिन नदिन विश्वको सब भन्दा कडा तालाबन्दी (lock down) लगायो, हजारौं कामदार र विद्यार्थीहरू जता ततै अलपत्र परे । नागरिकहरूलाई फिर्ता ल्याउने, उनीहरुलाई सुरक्षा दिने र क्वारेन्टाइन गर्ने उपयुक्त व्यवस्था नगरे सम्म सरकारले निकासीको अहिलेसम्म प्रतिरोध गरिरहेको थियो ।
९. गर्भवती महिला, बुढाबुढी, आपतकालिन चिकित्साको खाँचो भएका र गम्भीर बिरामी परेका परिवारलाई प्राथमिकता दिइनेछ ।
१०. अहिले सम्म भारतमा ४९ हजार भन्दा बढी कोरोनाभाइरसका संक्रमितहरू भेटी सकेका छन् भने लगभग १ हजार ६ सय ९४ जनाको मृत्यु भै सकेको छ ।
कोभिड-१९ फैलिन न दिनका लागि अहिले सम्म हाम्रो नेपाल सरकारले चालेका कदमहरु प्रशंसनीय छन । त्यसको हामीले स्वागत गर्नै पर्छ । हाम्रो देशमा अहिले सम्म ९९ जनामा संक्रमण देखिएता पनि यस रोग बाट मृत्यु भने भएको छैन । यो एउटा सुखद कुरा हो । तर भारतीय नागरिकहरु झैं हाम्रा देशका नागरिकहरु पनि धेरै देशमा अलपत्र परेका छन । धेरैको रोजगारी खोसी सकिएको छ । उनिहरु पनि आफ्नो देशमा फर्किन चाहन्छन । कैयौं चोटी सरकार संग अनुरोध पनि गरी सकेका छन ।
सरकारमा बसेका सम्बन्धित व्यक्तिहरू (officials) ले एक चोटी सोच्नु पर्ने हुन्छ कि अलपत्र परेका ऊनि नागरिकहरुको ठाउँमा यदि तपाई भएको भए, तपाईलाई कस्तो महसूस हुन्थ्यो होला ?
त्यसैले, देशका सम्पूर्ण नागरिकहरुको तर्फ बाट मेरो सरकार संग विनम्र अनुरोध छ कि हाम्रा नागरिकहरुका लागि पनि स्वदेश भित्र्याउने पहल गर्नु पर्यो ।
(लेखक कर्णाली प्रदेश, दैलेख जिल्ला आठबीस नगरपालिका वडा नं. ८ तिलेपाटा, स्थायी बसोबास भई हाल बीरेन्द्रनगर सुर्खेतमा व्यवसायी तथा समाजसेवीको रुपमा क्रियाशील हुनुहुन्छ । )