
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक अनिश्चित भएको छ।
बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएसँगै स्थयी कमिटी बैठक अनिश्चित भएको हो।
अब बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो।
बैठक चल्दाचल्दै झोकिदैं बाहिरिए प्रधानमन्त्री ओली
स्थायी समितिको एजेण्डा तय गर्न बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा विवाद भएपछि प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली बैठक चल्दाचल्दै बाहिरिनुभएको छ ।
नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि असन्तुष्टि जनाउदै प्रधानमन्त्री ओली बाहिरिएको बताइएको छ । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लागेकाे सचिवालयका एक सदस्यले जानकारी दिएका हुन् ।