
नेपाली कांग्रेसले पूर्वअर्थमन्त्री रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय अर्थतन्त्र केन्द्रीत विशेष समिति गठन गरेको छ।
सभापति शेरबहादुर देउवाले बुधबार महतको संयोजकत्वमा पूर्वअर्थमन्त्री, योजना आयोगका पूर्वउपाध्यक्षहरू सम्मिलित समिति गठन गरेका हुन्।
कांग्रेस केन्द्रीय समितिको गत वैशाख १७ गतेको बैठकले कोरोनाले पारेको असरबारे अध्ययन गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको थियो। प्रबक्त्ता विश्वप्रकाश शर्माले ट्वीट मार्फत जानकारी दिएका हुन् ।
कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम `अर्थतन्त्र केन्द्रित विशेष समिति´ गठन l समितीले निम्न कार्य गर्नेछ l#तत्कालीन, अत्यावश्यक राहत बारे सुझाव l#अल्पकालीन, आगामी बजेटको प्राथमिकता बारे धारणा l#दीर्घकालीन कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण l pic.twitter.com/SA8UN2sPNU
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 6, 2020
‘विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका तथा संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका र राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरेका साथीहरू रहने गरि समिति गठन गरिएको हो,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने।
समितिले तत्कालीन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने कांग्रेसले जनाएको छ।
समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत र थप प्रभावकारी बनाउने कांग्रेसको भनाइ छ।
समितिमा को-को छन्?
संयोजक: रामशरण महत
सदस्यहरू:
महेश आचार्य
ज्ञानेन्द्रबहादुर कार्की
नारायण खड्का
मिनेन्द्र रिजाल
चीनकाजी श्रेष्ठ
दिपकुमार उपाध्याय
भरत शाह
उदयशमशेर राणा
पृथ्वीराज लिगल
शंकर शर्मा
जगदीशचन्द्र पोख्रेल
गोविन्द पोख्रेल
स्वर्णिम वाग्ले
यो छुटाउनु भयो कि ?