
एजेन्सी: इटालियन बैज्ञानिकहरुले कोरोना भाइरस विरुद्ध लड्नको लागि बनाएको खोपमा पहिलो पटक सफलता पाएको दावी गरेका छन् । अरबन्यूज डटकममा प्रकाशित भएको समाचारमा जनाइए अनुसार उक्त खोपले मानव शरिरमा भएका कोरोनाका जिवाणुहरुलाई निष्कृष पार्न सफल भएको छ ।
औषधि विकाश गर्ने फर्म, टकिसका सीईओ लुइगी अउरिसचियोले भने कि कोरोनाभाइरस रोग (कोभिड – १९) खोपले पहिलो पटक मानव कोषहरूमा भएका भाइरसलाई निष्कृष बनाएको छ।
“यो इटालीमा सिर्जना गरिएको खोपको परीक्षणको सब भन्दा उन्नत चरण हो,” अउरसिचियोले इटालियन समाचारपत्र एएनएसएलाई भने। “धेरै मानिसहरुमा चाँडै नै यो खोपको परिक्षण गरिनेछ ” उनले थपे।
“अस्पतालका अनुसार हामीलाई थाहा छ हामी खोपबाट कोरोनाभाइरस निष्कृय पार्ने एन्टीबडी सिर्जना गर्ने संसारमा अहिलेसम्म हामी नै पहिलो हौं। ” अउरिसचियोले भने।
“हामी इटालियामा अनुसन्धानबाट आएको भ्याक्सिनका लागि कडा मेहनत गरिरहेका छौं, सबै इटालियन र नवीन टेक्नोलोजीको साथ, इटालीमा परीक्षण गरिएको छ र सबैलाई उपलब्ध गराइएको छ। यो लक्ष्य हासिल गर्न हामीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरू र साझेदारहरूको समर्थन आवश्यक छ जसले प्रक्रियालाई गति दिन मद्दत गर्दछ। ”
अउरिसचियोले थपे: “यो प्रतिस्पर्धा होइन। यदि हामी सँगसँगै हाम्रो शक्ति र कौशलतामा सामेल भयौं भने हामी सबै कोरोनाभाइरस बिरुद्ध जित्न सक्छौं। ”
इटालियन अनुसन्धानकर्ताहरूले “उत्साहजनक र अपेक्षा भन्दा राम्रो।” प्रतिकृया दिएका छन्