
आज कुनै समयमा चर्चित नायक जिबन लुईटेलको १३ औं एनिभर्सरी रहेको छ । उनले फेसबुक मार्फत फोटो सार्वजनिक गर्दै उक्त्त कुरा बताएका हुन् । श्रीमती र दुइ सन्तानको फोटो हाल्दै उनले लेखेका छन्, ” प्रोमिल सहयात्राका १३ औ बसन्तहरु सङ सङै ,हृदान र जाराका बर्तमानहरु गोड्मेल गर्दै” उनको यो पोष्ट र पारिवारिक फोटोलाई फ्यानहरुले रुचाइरहेका छन् ।
चलचित्र क्षेत्रमा एक समय एकछत्र राज गरेका उनी यतिबेला अमेरिकामा छन् । चक्लेटी नायकको पगरी पाएका जीवन चलचित्र क्षेत्रमा चाहन्छन् तर समयले उनलाई फर्कन दिईरहेको छैन । यसैबिच धेरै बर्ष पछि जीवन लुईटेल फेसबुक मार्फत आफ्ना दर्शकहरु माँझ आएर आफ्नो बारेमा जानकारी दिईरहेका छन् ।
केहि समय अगाडी फेसबुक भिडियो मार्फत उनले कोरोनाको त्रासका बिच अमेरिकाको अवस्था र आफु बसेको ठाउँको अवस्था बताएका थिए । उनले अफ्ना दर्शकहरुलाई सम्झदै एउटा भिडियो बाहिर मार्फत आफ्ना फ्यानहरुबाट टाढा रहनु परेकोमा दुखी रहेको उल्लेख गरेका थिए ।