
मेरो ज्यान भन्दा पनि गरिवको भोकसँग सवाल थियो ,छ र हुने छ । मलाई थहा छ भोक लाग्दा खान नपाउँदा कस्तो हुन्छ ।
भनिन्छ जन्मेको छौठौं दिनमा भाग्यको निधारण हुन्छ भनेर । होला मानिसको जन्म र मृत्यु स्वभाविक प्रकृया नै हो तर जन्मे पछि उसले समाजमा के कर्म ग¥र्यो त्यो नै महत्वपूर्ण हुन्छ । .
मान्छे जन्मनु मात्र ठूलो कुरा पक्कै होइन् । जीवनमा पैसा कमाउँनु मात्र सबै थोक होइन् । पैसा भएर पनि पोलेको अवस्था र पैसा नहुनेको सुखको अवस्थाका उदहारणहरु पनि हामीले प्रसस्त रुपमा देखेका छौ । आखीर पैसा हुने र सम्पन्न देशहरुमा अहिले ति मानवलाई कहाँ मृत्युले छेक्यो र आखिर तिनै देशका सम्पन्न र धनीको सूचीमा आउनेहरु आज एउटा भाइरसको कारण कारुणिक रुपमा मृत्युको बाटो रोज्नु प¥र्यो । हामी सधै धनको पछि हिडिरहँदा हाम्रो पछाडि के छ कस्तो अवस्था छ त्यो पनि सोच्नु पर्ने हुन्छ । हैन भने न धनले रोक्छ न त रोगले रोक्छ ।
भनिन्छ नि कर्म गर तर, फलको आस नगर ।
यो भनिरहँदा आफ्नै सबै जीवन कर्मकै लागि सुम्पिने भन्ने मेरो आश्रय होइन् । तर केही कमाउँदै छौ भने केही खर्च गर्न पनि सक्नुपर्छ । मानव भएर मानव जीवनको अवस्थाको बिषयमा केलाउँन नसक्ने र दुख बुझन नसक्नु भने मानव भएर यो धरतीमा जन्मनुको कुनै अर्थ छैन ।
कोरोना भाइरस (कोभिड – १९) का कारण विश्व आक्रान्त छ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना माहामारीको यात्रा विश्वभर फैलिएको छ । बिश्वभरका महाशक्ति राष्ट्रसँगै हाम्रो जस्तो देश यति बेला महामारी विरुद्ध लडिरहेका छौ । कोरोना भाइरसले मानव जीवन मै धावा बोलिरहेको छ । हामी मात्र अहिले जिवन बचाउँन खोजिरहका छौं । आखिर यो बेला कुनै अरु शक्तिले कहाँ काम ग¥यो त ?
यो महामारीसँग कसरी लडन सकिन्छ भनेर बिश्वभरका बैज्ञानिक, डाक्टर , विज्ञको प्रयास कमजोर सावित देखिरहेको छ । लाखौको ज्यान क्षणभरमै गई रहेको छ । नेपालमा समेत लकडाउन शुरु भएको ६ हप्ता बढी भएको छ । लकडाउन शुरु भए पश्चात् मानिसमा बिभिन्न समस्या देखिदै आएको छ । हाल सबैले कोरोनालाई जित्नु छ । तर भोकलाई कसरी जित्ने त्यो पनि अर्को तर्फ चिन्ताको बिषय छ ।
लकडाउन भएपछिका केही दिन म आफु संचारकर्मी अरु झै घरबाटै रिपोटिङमा रहे । तर टेलिभिजन पत्रकारिता घरमा बसेर गर्न सकिन्न । भिडियो बोल्नु पर्छ तसर्थ यो समय ज्यानको बाजी लगाएर म सडकमा निस्किए । आफ्नो सुरक्षा सर्तकताको उपायहरु जोहो गर्दै फिल्ड मा पुग्दा जनता भोकै देखे । हो म एक संचारकर्मी भएको हिसावले मेरो पहिलो दायित्व समाचार लेख्नु थियो ।
तर सडकमा बसेको असहाय र बिपन्नको त्यो अवस्था मैले हेर्न सकिन । पहिलो पटक समाचार लेखे तर त्यो अवस्थाको बिषयमा यो समय सरकारले सुन्न सक्ने अवस्था थिएन् । किनकी सरकार आफै लकडाउनमा थियो । त्यसपछि मेरो अठोट बन्यो समाचार पछि लेखौला आखिर ज्यानको बाजी लगाएर सडकमा त निस्कि सक्यो अव केही गर्नुपर्छ ।
लक डाउनको ९ औ दिन म काँकरभिट्टाबाट कनकाई माईसम्मका सडकका मानवको बिषय चिन्ता लिदै सहयोगि संचारकर्मी सचिन न्यौपानेको साथमा उनीहरुको लागि फलफल लिएर निस्किए । आखिर लकडाउनको देश आक्रान्त बनिरहेको अवस्थामा उनीहरुको लागि बासँ र राहत त परै जाओस मुखमा अन्न नपरेको धेरै भएको दुख पोखे । केही मानसिक सन्तुलन गुमाए त केही बेबारिसे भएर सडकमा हिडेका ३० बढीको पहिचान गरियो ।
तत्कालै अव सरकारको मुख ताकेर केही हुदैन उनीहरुको भोकै मर्छन । मर्न दिनु हुदैन भन्ने सोचले सत्य साई सेवा केन्द्र प्रदेश न १ क का संयोजक कबिन्द्र श्रेष्ठको नेतृत्वमा द्धोस्रो दिनबाट उनीहरुको लागि एक छाक खानाको व्यवस्था सुरु गर्ने निर्णय भयो । त्यो अभियान आजको दिन सम्म निरन्तर चल्दै आएको छ । अहिले दिउसो हाम्रो गाडी सडकमा निस्कदा सडकै हाम्रो गाडी तिर हेरि रहेका ८० बढी ति भोका पेटहरु खाना पाएपछि खुसीले हर्षित हुन्छन ।
आज म ति बिपन्नमा आएको विभिन्न समस्या, गुनासो पनि प्रत्यक्ष हेर्ने मौका पाएको छु । सडक पेटी देखि गरिव बिपन्नको सारथी नाम दिएर हाम्रो अभियान सुरु गरेपछि अहिले सम्म ति समस्या तत्कालै समाधान गर्न प्रयास गर्दै आएको छु । त्यसपछि हामी गाउँ क्षेत्रमा प्रवेश भयौं । गार्मीण क्षेत्रका जनताको पिडा सुन्न पुग्यौं । जहा रोग भन्दा भोकको चिन्ता थियो ।
औषधी उपचारको चिन्ता छ । राहत नपाएको गुनासो आइरहेको छ । मध्यम बर्गको गुनासो एकदमै सतहमा आउन नसकि रहेको थियो । त्यहा हामी राहत लिएर पुग्दाको खुसी कल्पना समेत गर्न सकिन्न । नागरिकको बाटोमा बिजोग , लकडाउनमा घर भित्र बस्नु भन्ने आदेश,अनि एकदवार निति तर कहीले पाउने राहत कति भोकै बस्नु पर्ने त्यो देख्न नसकेर हामी सहयोगि भावना लिएर निस्किएका हौ ।
अभावलाई आफ्नो तवर , सामाजिक सञ्जाल, दाताहरु, सहयोगीहरु शारीरिक दुरीलाई मध्यनजर गरि काम गरिरहेका छौ । झापाको मेचीनगर, बिर्तामोड, बुद्धशान्ति, भद्रपुर, कनकाई, दमक लगायतका क्षेत्रमा पाँच सयबढि बिपन्नको चुलोमा आगो बल्लने अवस्था र पेट भर्न सक्ने अवस्था बनाउ लागेउ । सडक पेटीमा १० बर्ष देखि जिवन बिताउँदै आएकी कनकाइ नगरपालिका माइ नजिकैबाट सामजिक बिकास राज्य मन्त्रीको सहयोग र कन्काई नगरपालिकाको सहयोगमा एक सडकमा दयनीय जीवन बिताइरहेकी महिलाको उद्दार संभब भयो । अन्य सडक मानवको उद्धारमा हामि लागि परेका छौं ।
नगरपालिकासँग समन्वय गरेर वडा क्षेत्रलाई आवश्यक पर्ने राहत बितरण समेत हाम्रो प्राथमिकता रहेको छ । यो अभियान गर्न बिशेष गरी सहयोगि दाताहरुलाई धन्यवाद दिनै पर्छ । हामी धेरै जसो रकम भन्दा पनि सिधै खाद्यन्न सहयोग मागेका छौं । यो अभियानमा नरेश जी,सचिन जी र म अहोरात्र खटिराखेका छौं । हामीमा कुनै स्वार्थ छैन. ।
वास दिन दुखीले खान पाउनु पर्छ । हामीले मात्र खाएर हुदैन् । सके सम्म केही गर्नु पर्छ ।
भन्ने हाम्रो उदेश्य हो । अर्को कुरा यो अभियान गरिरहँदा घरमा बसेर बिरोध गर्ने हरु पनि नआएका हैनन् । आफ्नै पेसाका नेता भनौदाहरु राजनैतिक दलका झोलेहरु ले बिरोध समेत गरे । तर म पछि हटिन । मलाई मेरो ज्यान भन्दा पनि गरिवको भोकसँग सवाल थियो ,छ र हुने छ ।
आज म मेरी घरकी ५ बर्षकी नानीलाई यहि भन्छु बाबु तिमी ठूली भएर जति सुकै पैसा कमाएपनि दिनदुखीको सेवामा चाही केही गर्नु है । किन कि म आफु पनि सानै देखि गरिबीको पिडा भोगेर हुर्किएको छु । त्यसैले मलाई थहा छ भोक लाग्दा खान नपाउँदा कस्तो हुन्छ । अँ साँच्ची अर्को कुरा त भन्नै बिर्सिएछु आज मेरो जन्मदिन आज बाट २९ बर्ष लागेछु । लकडाउन अनि सेवामा लाग्दा लाग्दै आफ्नो जन्मदिनै भुलेछु । यो आसा गर्छु मेरो जीवनको अर्को नयाँ बर्षमा पनि यसरी नै सेवामुलक काम गर्न पाउँ सबैको साथ सहयोग को आसा गरेको छु ।
धेरै कुरा गर्न मन छ । तर, कुरा गर्नु भन्दा काम गर्नु राम्रो भन्छन । आफुले गरेको काम हरुले देख्ने हो । आफै वयान धेरै नगरौ होला । सामाजीक कर्म गर्न पछि हट्ने छैन । यो अभियानमा सहयोग पुराउने सामाजिक अभियान्ता ,अधिकारकर्मी दिपक दास, उद्वार कार्यमा सहयोग पुराउने माननीय ज्यू,जनप्रतिनिधी ज्यू ,सहयोगि , राहत , सहि सूचना सम्प्रेषण गरिदिने साथीहरु, सहयोगी हातहरु, सहयोगी समन्वयकारी भुमिका निर्वाह गर्ने राज्यका विभिन्न निकायमा नमन छ । सुरक्षित बसौं, कोरोनालाई जितौं । धन्यवाद ।