भ्रष्ट्रचार छ ,आलोचना छ ,अन्तरकलह र भागबन्डा छ ।
केही गर्न निस्कियो जतात्यतै बिरोधी , कालो झण्डा छ ।
शक्ति र सत्ताको दुरुपयोग छ ,अपहरण र निरंकुशता छ ।
देश चलाउने सबै म्यादनाघेका ,वृद्धभत्ता थाप्ने को पुस्ता छ।
बामदेव प्रधानमन्त्री बनाएर , प्रचण्डलाई सक्ने सल्लाह छ।
चारै तर्फ गुन्जने जनताको आवाज ,राजा आउने हल्ला छ ।
पुरानो रेडियोमा ४ ब्याट्री भएझै बुढो शरीरमा ४ किड्नी छ। यता मन्त्री बाउ दङ्ग छ किनकी ,PR भको छोरो सिड्नी छ।
जनताको नाममा बर्षेनी सरकारले लेको ,अर्बौं को ऋण छ। कालोबजारी गर्नेहरुको लागि यहाँ लकडाउन राम्रो दिन छ ।
जनता लाई लकडाउन बाहिर निस्कन मनाही बन्दै बन्द छ। कतै बिरोधि को आन्दोलन छैन मान्छे ,नभएझै चकमन्न छ ।
पार्टी भित्र मिलाउन नसकिने आफ्नो आन्तरिक द्वन्द्व छ । जे भए पनि गाउँ घरका ब्यापारी कमाउनिस्टलाई आनन्द छ।
पावर र पहुच हुनेवालाहरु हिड्न डुल्न पास वाला गाडी छ। जनतालाई पुरानै मलम नलागेको घाउ भुईचालो र बाढी पहिराे छ।
आधा नेपाली जनतालाई रोजगार दिन अरबको खाडी छ । कहिले भारत कहिले चीन , सधै अर्काकै यहाँ चाकडी छ ।
घुम्नलाई अरबौ को हेलिकप्टर र करोडौ को गाडी छ । जनता भएर सरकारलाई हेप्ने हो ,कारबाही गर्ने प्रशासन छ ।
आस र बिश्वास दिलाउन जनताको लागि झुठोआश्वासन छ।
यो देशमा गोहीको आँसु बगाउने देशभक्त अनि अरिङ्गाल को घारी छ ।
जे होस जय होस गाउँको १० विगाहा बेचेर किनेको सहरमा सानै भएपनी कोसेबारी छ ।
जनतालाई नगरेको अपराधमा प्रहरी लगाएर थुन्ने र कुट्ने काम जारी छ ।
लकडाउन खुल्न साथ कर र कोष भनेर जनता लूट्ने काम जारी छ ।
जनतालाई विहान के खाउ बेलुका के खाउ आखाभरी आँसु छ।
देशको राजनेतालाई बेलुका भेज अनि बिहान चही खानामा दुई चोक्टा मासु छ ।
अत्यचार सहेर बसेका जनतालाई सरकारको निर्णयले घुटन भएको छ ।
युट्युबे पत्रुकारहरु लाई गुराँस र अघोरी को कथा नुन भुटुन भएको छ ।
लोकतान्त्रिक यो देशमा बोल्न, लेख्न नपाउने अचम्मको राणा शासन जस्तो खटन छ ।
गरिबले सब्जी छैन भन्दा जाउलो खाउ भन्ने निकाय धनीका लागि सधै चिकन मटन छ ।
जय होस यत्रो हुँदा पनि सबै कुरा सहने भक्त कार्यकर्ता अझै पनि त्यही नेता को बचाउ छ ।
यस्तो विषमपरिस्थितिमा पनि कमिसन को झोल गर्ने नेताले कसरी अरबौ पैसा पचाउ छ ।
महान छन जनता हाम्रा भोकै तिर्खै हिडछन तर सामसद लाई भत्ता र गाडी दिएर पालेका छन ।
प्रदेश , संघीय , स्थानिय अनेक निकायका घर घरमा पसिना बगाएर तिरेको कर ले चुला बालेका छन ।
यति सबै सहने कत्रो आटिलो मन यिनको हेर्नुस , ईज्जत साथ बाचेर स्वाभिमान को जाउलो बसालेका छ्न ।
स्वाभिमानको जाउलो बसालेका छन ।
नाेट : याे लेखककाे निजि बिचार हाे ।