
एन.पी. संचार प्रा. लि द्वारा संचालित केटिएम दैनिक (www.ktmdainik.com) को लेआउट डिजाइन परिवर्तन गरिएको छ ।
१ महिना अगाडिदेखि सञ्चालनमा रहेको न्यूज पोर्टल केटिएम दैनिकको नयाँ स्वरुप आजदेखि सञ्चालनमा आएको छ । सँगै वेवसाइटको लोगो पनि परिवर्तन गरिएको छ । पहिला निलो र रातो रंगमा भएको लोगोलाई कालो र रातो रंगमा परिवर्तन गरिएको छ । केटीएम दैनिकको फेसबुक पेज र आधिकारिक इमेलमा अबदेखि नयाँ लोगो देख्न सकिनेछ ।
वेवसाइटलाई नयाँ स्वरुप ल्याउन सोबिजट्रेन्डले प्राविधिक सहयोग गरेको हो । पाठकहरुको सुझाव सल्लाह र नयाँ टेक्नोलोजीको प्रयोग गर्दै स्वरुपमा परिवर्तन गरिएको केटिएम दैनिकका सञ्चालक पवन पौडेलले बताएका छन् ।
लकडाउनको कारणले गर्दा केही कानुनी प्रकियाहरु पूरा गर्न बाँकी रहेको समेत उनीहरुले जानकारी दिए । लकडाउन खुलेसँगै प्रेस काउन्सिल र सूचना विभागमा दर्ताको प्रकियामा लगिनेछ ।
अपडेट : केटीएम दैनिक २०७७ साल असार २३ गते सूचना तथा प्रशारण विभागमा दर्ता भएको छ । यसको दर्ता नम्बर १९१३/०७६-७७ हो भने सोही दिन प्रेस काउन्सिल नेपालमा पनि सूचिकरण भएको छ ।
यहाँहरुले देखाउनुभएको रुचीलाई मध्यनजर गर्दै आगामी दिनमा पाठकहरुको रुची अनुसारका समाचारहरु पस्किदै जाने समेत प्रतिबद्धता जनाउँदछौं ।