
मुम्बईको एफएक्स स्कुल अफ फिल्म मेकिङ एन्ड फोटोग्राफीमा पढिरहेकी बेनिशा हमाल कोभिड–१९ को जोखिम बढेपछि गत चैत ५ गते काठमाडौं आइपुगिन् ।
यही अवधिमा विभिन्न भाषाका उत्कृष्ट सिनेमा हेर्न भ्याइन् । कथा–लेखनमा उनको रुचि छ, यो मौकामा थुप्रै कथा लेख्न भ्याइन् । कलेजका लागि सातामा एउटा लकडाउनमा आधारित कथा लेख्नु त छदैछ, अन्य सस्पेन्स थ्रिलर कथा पनि लेखेकी छिन् । ‘दि मिसिङ ब्राइड शीर्षक कथा साँझको ५ बजे लेख्न सुरु गरेकी थिए, लेख्दा–लेख्दै बिहानको ५ बजेको पत्तै पाइन“’, उनले उनलाई अहिले लेख्ने नशा नै लागेको छ ।
बेनिशाले यो समयलाई मान्छेको परीक्षाका रूपमा पनि लिएकी छिन् । मानव जीवनलाई उनी पानीसँग तुलना गर्छिन् । र, भन्छिन्, ‘पानीजस्तै निराकार हुनुपर्छ, हाम्रो जीवन
त्यसो त उनको सपना राम्रो सिनेमामेकर बन्ने हो । उनी अझै एक वर्ष पढाइमै लाग्नेछिन्, त्यसपछि मात्रै सिनेमामा फर्किने योजना छ । लकडाउनले उनको नयाँ प्रतिभा पनि उजागर गरेको छ । ‘मैले जीवनमा स्केचसम्म गरेको थिइन“ । यो लकडाउनमा क्यानभास र कुचीलाई पनि साथी बनाए“ । अहिले त चित्रकलाको सिरिज नै तयार हुँदैछ,’ उनले भनिन् । चित्रहरूमा उनले प्रकृति र मान्छेको सम्बन्धलाई विषय बनाएकी छिन् ।
दिनहुँ एक्सरसाइज गर्छु : बेनिशा हमाल
बेनिशा हमाल नेपाली अभिनेत्री हुन् । हालै प्रदर्शनमा आएको हरर् फिल्म ‘घर’मा बेनिशाले पनि अभिनय गरेकी छिन् । बेनिशा फिट अभिनेत्रीभित्र पर्छिन् । स्वस्थ्य र फिट रहन आफूले खानपान र जीवनशैलीमा ध्यान दिने गरेको उनी बताउँछिन् । अब जानौँ, उनको फिटनेस सूत्र :
नियमित अभ्यास
आफूलाई फिट राख्न पहिला त सोच आउनुपर्छ । सोचेर मात्रै भएन, त्यसका लागि जाँगर पनि चलाउनुपर्छ । त्यसैले म सकेसम्म दैनिक एक्ससाइज गर्छु । वाक गर्छु । वाक गर्न नपाएमा आफ्नै निवास आसपासका खाली ठाउँमा एक्सरसाइज गर्छु ।
सकेसम्म दैनिक एक्ससाइज गर्छु । वाक गर्छु । वाक गर्न नपाएमा आफ्नै निवास आसपासका खाली जग्गामा एक्सरसाइज गर्छु ।
खानपानमा सचेत छु
म खानामा साह्रै कन्सस छु । प्रायः जंकफुड खाँदिनँ । उसिनेका तरकारी खान्छु । कोल्डड्रिंक्सका ठाउँमा जुस पिउँछु । फलफूल मेरो प्राथमिकतामा पर्छन् । मासुमा भन्दा बढी म माछामा फोकस गर्छु । नियमित पानी पिउँछु ।
हरर फिल्म खेल्दा डरले निदाउनै सकिनँ : बेनिशा हमाल
मैले पहिलोपटक हरर फिल्म ‘घर’मा अभिनय गर्ने अवसर पाएँ । हरर फिल्म भन्नेबित्तिकै डरलाग्दो हुन्छ । झन् त्यसमाथि सधैँ रातमा मात्रै सुटिङ हुन्थ्यो । मेकअप गर्दा होस् या ड्रेस चेन्ज गर्दा, पछाडि कोही उभिइरहेको छ कि, कसैले पिछा गरिरहेको छ कि भन्ने त्रास हुन्थ्यो ।
‘ब्लाइन्ड रक्स’ र ‘चंगा चेट’ फिल्ममा मैले अर्पण थापासँग अभिनय गरेकी थिएँ । ‘घर’मा उनकै निर्देशनमा काम गरेँ । कहिलेकाहीँ बिहानपख सुटिङ सकेर घर जाँदा डरले निदाउनै सक्दिनथेँ । कोठमा कोही लुकेको छ कि भन्ने लाग्थ्यो । कतैबाट सानो आवाज आयो भने पनि मुटु सिरिंग हुन्थ्यो ।
सुटिङ सकिएको लामो समय भइसक्यो । फिल्म ३ साउनमा रिलिज हुँदै छ । अहिलेसम्म पनि मलाई त्यतिवेलाका कुरा सम्झिएर डर लाग्छ । कतै एकान्तमा एक्लै भएँ भने त त्यत्तिकै पनि मेरो सातो उड्छ । हामी कलाकारलाई त हरर फिल्ममा काम गर्दा यति धेरै त्रास लाग्ने गरेको छ भने दर्शकलाई झन् कस्तो लाग्ला ? म उहाँहरूको प्रतिक्रिया बुझ्न आतुर छु । फिल्ममा मेरो निकै महत्वपूर्ण भूमिका छ । त्यो जान्नलाई फिल्म नै हेर्नुपर्छ ।