अहिले जताततै कोरोना भाइरस संक्रमणले डरलाग्दो रुप लिएको छ। विश्वका हरेक देश यो समसस्या सँग जुधिरहेका छन्। भारतमा कोरोनासँगै अर्को घातक रोग अफ्रिकी स्वाइन फ्लू पनि फैलिरहेको पाइएको छ। उक्त रोगले भारतको पूर्वोत्तर राज्य आसाममा विनाश निम्त्याउन थालेको छ।
असाम राज्य सरकारका अनुसार उक्त रोगबाट करिब २५ सय बढि सुँगुरहरु मरेका छन्। आइतवार असामका पशुपालन तथा पशु चिकित्सा मन्त्री अतुल बोराले एक पत्रकार सम्मेलन गर्दै राज्यमा अफ्रिकी स्वाइन फ्लू फैलिएको जानकारी गराएका हुन। हालसम्म उक्त रोग राज्यको सात जिल्लाका ३०९ गाउँमा फैलिएको छ।
उक्त खतरनाक रोगका कारण २५ सय बढि सुँगुरहरू मरेका हुन। राष्ट्रीय उच्च सुरक्षा पशुरोग संस्थानले अफ्रिकी स्वाइन फ्लु (एएसएफ)को पुस्टि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यो संक्रमण यति खतरनाक छ कि यसबाट संक्रमित हुने सुँगुरहरूको मृत्यु दर १०० प्रतिशत छ। रोग फैलिएपछि संक्रमणमा नपरेका सुँगुरहरूलाई बचाउन नयाँ रणनीति तयार पारिएको।
अधिकारीहरुले केन्द्र सरकारबाट स्वीकृति पाए पनि सुँगुर मार्नुको सट्टा यो घातक संक्रामक रोगको रोकथाम गर्न अन्य उपाय अपनाउने जनाएका छन। उक्त रोगको सम्बनध कोरोना भाइरससँग नरहेको समते जनाइएको छ। उक्त रोग चीनको जियांग प्रान्तबाट अरुणाचल प्रदेश हुँदै देशमा भित्रिएको अधिकारीहरुको आरोप छ। अफ्रिकन स्वाइन फेभर घरपालुवा सुँगुर तथा सोही जातका जङ्गली जनावरमा सर्ने र सरेको केही हप्तामा मस्तिस्क आघात भई अन्ततः मृत्युको कारण बन्ने बताइएको छ ।
रोग नियन्त्रणका लागि खोप वा अन्य कुनै बिषनासक औषधी नभएकोले सङ्क्रमण देखिएका पशुलाई मार्नु नै रोग फैलिनबाट रोक्ने उपाय भएको जनाइएको छ। केही समय पहिले चीनमा यो भाइरसका कारण ३८ हजार सुँगुरलाई मारिएको थियो। सन् २०१९ मा दक्षिण कोरियामा अफ्रिकन स्वाइन फिवर फैलिने जोखिम बढेपछि त्यहाँको प्रशासनले सावधानीका लागि ४७ हजार सुँगुर मार्न आदेश दिएको थियो। मारेका सुँगुरहरबाट बगेको रगतका कारण एउटा नदीमा पुरै रगत बगेको जस्तो देखिएको थियो।