
काठमाडौ, बैशाख २२ – चितवनमा अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि स्थानीय निकै त्रसित बनेका छन् । रत्ननगर टाँडीस्थित हाईस्कुलको रोडमा अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि त्यहाका स्थानीयमा त्रास फैलिएको छ । स्थानियले बताए अनुसार एक व्यक्तिले उक्त सडकमा पैसा फालेर भागेका थिए ।
नगरपालिकाको वडा नम्बर २ टाँडी चोकमा पाँच सय र पचास बीस र दश रुपैँयाको नोट फेला परेको हो । कोरोनाले त्रास फैलिएका बेला उक्त पैसा फालेर भागेपछि संका उत्पन्न भएको स्थानीयको भनाइ छ । त्यस्तै केहि समय पहिला जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर दुई महिला नातामा भाउजु फरार भएका थिए ।
त्यस्तै केहि दिन अघि मात्र जनकपुरधाम- कोरोना भाइरसको त्रास रहेको समय जनकपुरधाममा दुई महिलाले सडकमै पैसा फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित भएका थिए। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ महावीर चोकमा दुई महिलाले सडक र पसलको छेउमा पैसा फाल्दै भागेपछि स्थानीयवासीमा त्रास आएको थियो। दुईजनाको समूहमा रहेको महिलाहरुले १० रुपैयाँको नोट छरेर भागेकी महिलाहरु भने पक्राउ परिसकेका छन् ।