
चितवन, २१ बैशाख । चितवनको खैरहनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा १ को ज्यान गएको छ ।
पूर्वी चितवनको खैरहनी २ चैनपुर चोकमा ग १ क २१९६ नम्बरको ट्रकले ना २७ प ५८१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा खैरहनी ८ निवासी ६३ वर्षीय कुलानन्द भण्डारीको ज्यान गएको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकले बाटो काट्न लागेको मोटरसाइकललाई आइतबार बेलुका ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक भण्डारीलाई उपचारको लागि भरतपुर पठाइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।
ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले नियन्त्रणमा लिएको छ ।