
रामायण विश्वमै सबैभन्दा धेरै हेरिएको टेलिभिजन शो बन्न सफल भएको छ। कोरोना विरुद्ध जारी लकडाउनको समयमा रामायले विश्वमा अहिलेसम्म धेरै हेरिएको टेलिभिजन सो गेम अफ थ्रोनलाई उछिनेको हो।
#Ramayan is world’s most watched show now, breaks all records with 7.7 crore viewership #Ramayana #RamanandSagar #Doordarshan https://t.co/B9CJcQau1j
— HT Entertainment (@htshowbiz) May 1, 2020
दुरदर्शनले लकडाउनको समयमा लक्षित गर्दै ३३ बर्ष पुरानो चर्चित शो रामायणलाई मार्च २८ देखि पुनः प्रशारण गरेको थियो। अप्रिल १५ सम्ममा ७ करोड ६० लाखलेरामायण हेरेका छन्। यति धेरै हेरिएको यो शो विश्वका कुनै पनि शो भन्दा धेरै हो। रामायणले हलिउडको चर्चित शो गेम अफ थ्रोनको रेकर्डलाई भत्काएको हो।
#DeepikaChikhalia happy about #Ramayan smashing viewership records: ‘Overjoyed it has overtaken #GameofThrones' #RamayanOnDDNational https://t.co/cpBauATWuZ
— HT Entertainment (@htshowbiz) May 2, 2020
रामायण’ मा राम र सीताको भूमिकामा क्रमशः अरुण गोभिल र दीपिका चिखाइला छन्। रामानन्द सागरको लेखन र निर्देशनमा रामायण पहिलोपल्ट सन् १९८७ को जनवरी २५ देखि १९८८ जुलाई ३१ सम्म प्रसारण भएको थियो। ७८ भाग रहेको यो टेलि शृंखला वाल्मीकि रामायण र तुलसीदासको रामचरितमानसमा आधारित छ।