
नेपालकै कथालाई सटिक तर गजब शैलीमा भनेको ‘कालो पोथी’ एउटा अर्गानिक चलचित्र हो । रिलिज अगाडि नै सर्बाधिक चर्चा कमाएको यो फिल्म मुगुका २ बालक, उनीहरुको मित्रता र सपना अनी एउटा ‘सेतो कुखुरा’को वरिपरी घुमेको छ । २०७३ सालमा नै रिलिज भएको यो फिल्म युट्युवमा भने आएको थिएन ।
कर्णालीको मुगुमा बोलिने खस भाषालाई संवाद शैली बनाएर चलचित्र तयार पारिएको छ । सन् २००१ मा जब तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गर्यो, त्यसले कर्णालीको एउटा क्षेत्रलाई पारेको प्रभाव र बाबुले छलकपट गरेर बेचेको पोथी खोजीको अभियानमा यो चलचित्र केन्द्रित छ ।
किरण(शुक्रराज रोकाया) र प्रकाश(खड्गराज नेपाली)को वरिपरि यो चलचित्र घुमेको छ । तल्लो र माथिल्लो जातका भएपनि यी दुई बालकको मित्रतामा कुनै कमी छैन । गाउँमा जनयुद्धको प्रभाव परेसँगै दिदीले दिएको ‘सेतो पोथी’ पालेर त्यसैको अण्डा वेचेर पढ्ने सपना बोकेका एक बालक र उनका साथीको कथा हो यो ।
यस चलचित्र इन्टरनेटमा लिंक भएको छ । भिडियोहरु राख्ने साइट डेल्लीमोसनमा यो चलचित्रको पूरा भाग लिक भएको हो । अहिले नेपालमा ट्विटर प्रयोगकर्ताहरुबीच यो चलचित्रको लिङ्क डीएम (Direct Message) मार्फत आदानप्रदान भैरहेको छ ।