
काठमाडौं । नेपालगञ्जमा यसअघि संक्रमण भेटिएको व्यक्तिको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टी गरेका हुन् ।
यही शुक्रबार नेपालगञ्ज उप महानगरपालिका ८ का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई कोरोना संक्रमण पुष्टी भएपछि शुक्रबार रातीदेखि नै उक्त क्षेत्र सिल गरिएको थियो । शुक्रबार र शनिवार गरी उनको सम्पर्कमा आएका करिब १ सय जनाको स्वाबको नमुनासमेत जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले संकलन गरेको थियो । उनकाे सम्पर्कमा आएका १०० जनाको स्वाब परीक्षण भइरहेकोमा नौ जनाको पोजेटिभ आएकाे । बाँकीको परीक्षण हुँदै गरेकाे बताइएकाे छ ।