बामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय भएपछि केही समगअगाडी लेखक एकनारायण पौडेलले लेखेको यस लेखलाई पुन केही सम्पादन गरेर प्रकाशित गरिएको छ ।
के भस्ट्राचार, कमिसनतन्त्र, कालोबजारी रोकिएला ?
के सरकारी जग्गा जमिनमाथिको यतिको कब्जा फुक्का होला ? के सञ्चार क्षेत्रमा ओम्निको एकाधिकार तोडिएला ?
के सरकारी कामकाज चुस्त, पारदर्शी र जनमुखी होला ?
के मजदुर, हलि गोठालाले आफ्नो पसिनाको मुल्य पाउलान ?
के बिपन्न, असहाय र गरिबका चुलो बल्छ ?
के यी याबत बामदेबबिना संभव नभएको हो र ?
यो बिगतको घटनाबाट पाठ नसिकेर र चटक्कै बिर्सेर पुन उपयुक्त समयमा उपयुक्त निर्णय लिईनेछ भन्ने कुरालाई जनताले धोती नलगाउलान भन्न सकिन्न ।
के अहिलेको समस्या र समाधान केबल बामदेब मोह र ब्यबस्थापन मात्रै हो त ? आजको मुल समस्या भनेको साढे २ बर्ष अगाडि जनताले दिएको मत र म्याण्डेडबिना एकाङ्गी र अधिनायकवादतिर बढ्दै गएको सरकारको तानाशाही कार्यशैली होइन र ? भष्ट्र भारदार, मन्त्रीहरुको अनावश्यक बचाउ र सफाई दिदै हिड्ने न्यायाधीश प्रबृत्ति होइन र ?
बालुवाटारमा बसेर अनैकौ सपनाहरू बाड्ने तर मजदुर, हलि गोठाला, किसानहरुको पसिनामाथी सत्ताको रजाई गर्ने, राष्ट्रिय ढुकुटी रित्ताउने दुष्ट र स्वार्थीहरुको घेरा होइन र ? राष्ट्रिय आबश्यकता र कम्युनिस्ट आन्दोलनको रक्षार्थ बामपंथीहरुको एकता र समाजबाद उन्मुख अपरिहार्यलाई लोभी, पापी र छुद्रहरुले आफ्नो भाग खोसिने डरमा दिनहुँ गरिरहेका एकता बिरोधि चिन्तन र मनोदशा होइन र ?
गरिब, बिपन्न, सुकुम्बासी, असहाय, दीनदुखी, अपाङ्गमैत्री र किसानमुखी हुनुपर्ने कम्युनिस्ट सरकारको चरीत्र र आचरण केबल धनाढ्य, काला बजारी, कमिशनधारी, दलाल, करछली, उद्योगपतिहरुको इशारामा परिचालित हुनु आजको मुल समस्याको जड होइन र ?
कम्युनिस्ट सरकारको चरित्रभन्दा ठिक बिपरित चलिरहेको बर्तमान सरकारको रबैया, पाटी भित्र सिर्जित गुट, उपगुट र अस्वस्थ धुर्बीकरण, हारजितको मनोदशा, बदलाको भाब र निशानाले भबिश्यमा झन ठुलो दुर्घटना निम्त्याउन सक्ने कुरामा सचेत एवम् आत्माआलोचित नहुने हो भने जतिसुकै एकता र मत्थरको नाटक गरेपनि त्यो केबल मुतको न्यानो भन्दा अरु केही हुन सक्दैन ।
देशैभरी जनतामा पैदा गरेको नैराश्यता र आक्रोशलाई यदि नेतृत्वले र खासगरी केपी शर्मा ओलिको सरकारले चिर्न सकेन र आगामी दिनहरुमा आफुलाई सच्चाएर जनजिबिकाको सबालमा किसान, मजदुर, गरिब र बिपन्न बर्गलाई सम्बोधन गर्ने र खासगरी दिन दुईगुणा रात चौगुणा बढ्दै गएको भष्ट्राचारको नियन्त्रण र कारबाही गर्नुको सट्टामा बचाउ गर्दै जाने प्रधानमन्त्री केपि ओलिको प्रबृत्तिमा ब्यापक सुधार आएन भने सिङ्गो पार्टीपङ्ती, नागरिक समाज, सचेत युबा र आम जनता सडकमा आउनुको विकल्प छैन । आशा गरौं, तमाम कमिकमजोरी सच्चाएर साँच्चिकै चिनको झै कम्युनिस्ट चरित्रको सरकारको उदय हुनेछ ।
एक नारायण पौडेल
भमनपा वाड न १३ चितवन
हाल – साउदी
नोट : यो लेखकको नीजी बिचार हो ।