काठमाडौं । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उनीहरूले मासिक ६ हजार रुपैयाँ मात्र पाउँदै आएकामा हालै सार्वजनिक राष्ट्रिय शिक्षा नीति, २०७६ मा प्रारम्भिक बालकक्षामा अध्यापन गर्ने शिक्षक र विद्यालय कर्मचारीलाई श्रम ऐनले तोकेबमोजिम न्यूनतम पारिश्रमिक उपलब्ध गराउने उल्लेख छ ।
श्रम ऐनमा न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० तोकिएको छ । शिक्षा नीतिले प्रारम्भिक बालकक्षा पढाउने शिक्षकको योग्यता एसईई पास तोकेको छ । ‘प्रारम्भिक बालकक्षा तथा बालविकास केन्द्रहरुमा अध्यापन गर्ने शिक्षक हुन माध्यामिक परिक्षा (कक्षा १०) वा सो सरह हुनुपर्ने’ शिक्षामन्त्रालयले सावैजनिक गरेको नीतिमा भनिएको छ । यो समाचार कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।