
सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ।
पार्टीको आन्तरिक विवाद चुलिएका बेला बालुवाटारमा बसेको बैठकले पार्टी एकता सुदृढ गर्ने विषयमा छलफल गरेको नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।
‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्ग्निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भन्नुभयो, ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ ।’
बामदेवलाई प्रतिनिधि सभामा लैजाने, २४ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने नेकपाको निर्णय भएकाे बताइएकाे छ ।
पार्टीमा ३ वटा अध्यक्ष राख्ने प्रस्ताव आजको बैठकमा अस्वीकृत भएको पनि उहाँले जानकारी गराउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अध्यादेश ल्याएपछि चुलिएको विवाद आजको बैठकले अन्त्य गर्ने ठानिएको छ।
यसअघिको बैठकभन्दा आजको बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल एउटै रंगको कुर्सीमा बैठकमा देखिएका छन्।
नेकपाले बोलायो स्थायी कमिटी बैठक
नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ । शनिबार साँझ बसेको सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभएको छ।