
काठमाडौं । नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरअघि सुरु भएको हो ।
सचिवालय बैठकको लागि प्रचण्ड बालुवाटार पुगे
बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए भने प्रधानमन्त्री र राष्ट्रपतिबीच समेत भेटवार्ता भएको थियो ।
चीनको सक्रियता : प्रधानमन्त्री ओलीलाई साथ दिने उपाध्यक्ष गौतमको घोषणा
यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनापछिको प्रधानमन्त्री बामदेव गौतमलाई बनाउने र तेस्रो अध्यक्ष माधव कुमार नेपाललाई बनाउने प्रस्ताव गरेका थिए । योसहित पार्टीभित्रका विवाद समाधानका विषयमा गम्भीर छलफल बैठकमा हुने बुझिएको छ ।
३ नेता भेटेपछि शीतलनिवास पुगे प्रधानमन्त्री ओली
राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्तापछि वालुवाटार फर्केका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गरेका थिए । वालुवाटार फर्कने वित्तिकै ओलीले प्रचण्डसंग छलफल थालेको स्रोतले जनाएको छ ।
नेकपा बैठक : प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने सहमित, ३ नेता बालुवाटार जादै
अपरान्ह ४ बजे बोलाइएको बैठक सारेर राष्ट्रपति भवन शीतल निवास पुगेका अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीलाई नेकपामा विकसित पछिल्लो घटनाक्रमको बारेमा जानकारी गराएको बुझिएको छ ।