
उत्पादन सुरु भएको ३६ वर्षमा पहिलोपटक वाइवाइ चाउचाउको उत्पादन रोकिएको छ । लकडाउन सुरु भएको दिन चैत्र ११ देखि नै उत्पादन बन्द हुँदा बजारमा वाइवाइ चाउचाउका अभाव हुन थालेको छ ।
चौधरी समूहका कम्युनिकेसन महाप्रबन्धक मधुसूदन पौडेल भन्छन्, ‘लकडाउनले उत्पादन रोकिएको हो, अब बिस्तारै उत्पादन थाल्दैछौं ।’ उत्पादन बन्दले चौधरी समूहलाई ठूलो आर्थिक हानी भएको उनले बताए । ‘हामीलाई ठूलो हानी भएको छ, यस्तै राजस्वको हिसाबले पनि राज्यलाई ठूलो हानी भएको छ तर क्षतिको आँकलन भने भइसकेको छैन’ पौडेलले भने ।
वाइवाइ नामका चार प्रकारका चाउचाउ १४ स्वादमा उत्पादन हुँदै आएको थियो ।