काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
केहीबेर अघि प्रधानमन्त्री ओली शीतलनिवास पुगेको राष्ट्रपतिको कार्यालयले पुष्टि गरेको छ । उनीहरुबीच अहिले भेटवार्ता जारी रहेको छ ।
केहि बेर अघि ओलीले बामदेब गौतम, बिष्णु पौडेल र रामबहादुर थापा बादल सँग भेट गरेका थिए ।
र याे पनि : नेकपा बैठक : प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने सहमित, ३ नेता बालुवाटार जादै
पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजीनामा मागिएपछि अप्ठेरोमा परेका ओलीले पछिल्लो समय संबैधानिक निकायका प्रमुखलाई पालैपालो भेट्दै आएका छन् ।
अध्यादेश प्रकरणले नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
आजै साझ साढे ५ बजेका लागि नेकपाको सचिवालय बैठक बोलाइएको छ । उक्त बैठकमा ओलीले कस्तो प्रस्ताव ल्याउने हुन् भन्ने सर्वत्र चासो बढेको छ ।