
काठमाडौं : नेकपाको किचलो मिलाउन ४ बजे बस्ने भनेको बैठक ५:३० मा सारेपछि प्रधानमन्त्रि ओलीलाई भेट्न उपाध्यक्ष वामदेव गौतम, रामबहादुर थापा बादल र बिष्णु पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने सहमति भएको छ ।
उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रस्तावमाथि ठोस छलफल गर्न नेकपा सचिवालयको बैठक शनिबार बस्दैछ। बैठक ४ बजे बस्ने भने पनि केहि सहमति जुट्छ कि भनेर ओलीले बैठक पछि धकेलेका थिए ।
सचिवालयको बैठक बस्नुअगाडी नै यी तीन नेताले प्रधानमन्त्रिसँग भेटघाट गरेर नयाँ मोडालिटी तयार गर्ने बुझिएको छ ।
पार्टीभित्रको आन्तरिक द्वन्द्व साम्य पार्न प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव बुधबार सचिवालय बैठकमा गरेका थिए।
पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ । खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टी्भित्र विवाद र गुटबन्दी चर्केको हो ।
सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबारको बैठक आज बस्ने गरि स्थगित भएको थियो । त्यसैगरी हिजो र अस्ति नेकपाभित्र घनीभूत भेट र संवाद भएका छन् । हिजो र अस्ति नेपाल कम्युनिस्ट पाटीभित्र राजनीतिक सक्रियता निकै बढेको थियो ।
नेताहरुको आपसी भेटघाट र संवादमात्र नभई चिनियाँ राजदूत होउ यान्छीले पनि नेकपा नेताहरुसंग भेटघाट तिव्र पार्नुभयो । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ । खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टी्भित्र विवाद र गुटबन्दी चर्केको हो ।
नेता नेपालले तेस्रो वरियताको अध्यक्ष आफूले स्वीकार नगर्ने बताइसकेका छन्। तर, वामदेवलाई प्रधानमन्त्री बनाउन आफूले राजीनामा दिएर बाटो खोल्न नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको नेपाल निकट नेताले जानकारी दिए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार दिउँसो ४ बजेका लागि बस्ने भनिएको सचिवालय बैठक साढे ५ बजेका लागि सरेको छ। ‘नेकपा केन्द्रीय सचिवालयको बैठक आज ५ : ३० बजे, बालुवाटारमा बस्ने जानकारी गराइन्छ’, प्रेस सल्लाहकार थापाले जानकारी दिँदै भने।