
बलिउडमा मिस्टर परफेक्सनिष्ट (Mr. Perfectionist) को नामले छुट्ट् पहिचान बनाएका आमिर खानले लकडाउनको बेलामा गरिव विपन्न परिवारलाई गरेको सहयोगको तरिका अहिले सामाजिक सञ्जालमा चर्चित छ ।
आमिर खानले मध्य रातमा मुम्बइको गरिव वस्तिमा एक ट्रक आटा लगेर सुचना दिए कि जसलाई अभाव छ उसले जम्मा एक किलो मात्र आटा पाउने छ l
धेरैले जाबो एक किलो आटा लिनलाई को लाइनमा उभिन्छ भनेर लिन गएनन् ।
तर जसलाई एकदमै खाँचो थियो उनिहरु गएर एक एक किलो आटाको पोको लिएर आए l
घरमा गएर आटाको पोको खोल्दा हरेक पोकोमा पिठोभित्र पन्ध्र हजार भारु राखिएको रहेछ !
पहिले नै यति पैसा बाँडिदैछ भनेर सुचना दिएको भए सबै जना लाइन बस्थे होला !
बाहिरबाट आफ़न्तहरु बोलाएर पनि थाप्थे होला ।
तर यस तरिकाले जोजस्लाई वास्तवमै खाँचो थियो उनीहरुले मात्र पाए! What an idea sir ji !
आमिर खानले बलिउडका अन्य स्टारले भन्दा फरक तरिकाले सामाजिक सेवा गर्ने गर्छन् । त्यसैले पनि आमिरले फरक तरिका अपनाएर सहयोग गरेको भन्दै फ्यानले धन्यवाद समेत व्यक्त गरेका छन् ।
र यो पनि पढ्नुहोस्
आमिर खानले आटाको प्याकेटमा हालेर पैसा बाँडे, फ्यानले दिए धन्यवाद