
बैशाखमा आएको बाढीले झापा अर्जुनधाराका एक जना पुरुषलाई बगाएपछि उनको निधन भएको छ ।
अर्जुनधारा १ सातकटेरी निवासी दुर्गाबहादुर खपाङ्गी मगरको श-व सानो नेते खोलाको किनारामा भेटिएको हो ।
आज विहानको बाढीले खपाङ्गी मगरको श-व नेते खोलाको किनारमा भेटिएको हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङलाई उधृत गर्दै अर्जुनधारा नगरपालिकाका वडासचिव खगेन्द्र लिङ्देनले आफ्नो फेसबुकमा लेख्नु भएको छ ।
लिङ्देनले आफ्नो फेसबुक टाइमलाइनमा केही तस्वीरहरु पनि राख्नु भएको छ भने उहाँले टाङटिङमा बेमौसमी बाढीको भिडियो पनि शेयर गर्नु भएको थियो ।
खपाङ्गीको निधन के कसरी भयो भन्नेबारेमा तत्कालै केही भन्नु हतार हुने प्रहरीको भनाई छ ।
‘हामी घटनास्थलमा गएर प्रकृति मुचुल्का गर्ने क्रममा छौं, श-वको प्रकृति हेर्दा बगाएर त्यहाँ ल्याएको देखिन्छ’, एकजना प्रहरी अधिकारीले भनेका छन्, ‘तर कहिले कसरी घटना भयो भन्नेबारेमा छानविन गरेर हामी जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट गर्नेछौं ।