लोकदोहोरी गायिका विष्णु माझीकी आमा धर्मकुमारी माझीको ५८ वर्षको उमेरमा निधन भएको छ । स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर-८ मा रहेको आफ्नै घरमा उहाँको निधन भएको परिवारले जनाएको छ । लामो समयदेखि उच्चरक्तचापको बिरामी रहनुभएकी माझीको शुक्रबार निधन भएको हो ।
विष्णु माझीकी आमा धर्मकुमारी माझीको शुक्रबार निधन भएको लोक गायक खेम भण्डारीले जानकारी दिए । उनका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् । गायिका विष्णु माझी नेपालकै चर्चित लोकदोहोरी गायिका हुन् ।