
ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङको पुरानो बैंक लाईन ट्याक्सी स्टेन छेउमा लागेको आगलागी नियन्त्रणमा आएको छ। आगलागीबाट करिब १० घर जलेका छन्।
बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको छ। अहिले राति १ बजेसम्म आगो पूरा नियन्त्रणमा आइसकेको छ ।
फुङलिङ नगरपालिकाको दमकलले यो समाचार तयार पार्दासम्म आगो नियन्त्रमा लिइसकेको छ ।
जिल्लामा एउटा मात्रै दमकल भएको कारण नियन्त्रणमा समस्या भएको थियो ।
२०७१ सालमा पनि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार आगलागी हुँदा चार दर्जनभन्दा बढी घर जलेका थिए । आगलागीले बजारको तोक्मेडाँडा क्षेत्रमा रहेका तीन सरकारी कार्यालय, आधादर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका थिए ।
ताप्लेजुङको फुङलिङमा लागेको आगलागी ३ घन्टापछि नियन्त्रणमा
ताप्लेजुङको फुङलिङमा लागेको आगलागी ३ घन्टापछि नियन्त्रणमाhttps://ktmdainik.com/2020/05/6313/
Gepostet von Ktm Dainik am Freitag, 1. Mai 2020