
ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङको पुरानो बैंक लाईन ट्याक्सी स्टेन छेउमा आगलागी भएको छ। आगलागीबाट अहिलेसम्म करिब १० घर जलेका छन्। बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको छ।
दक्षिणीतर्फ भने राम चौधरीको घर पूर्णरुपमा र दुर्गा ढुङ्गानाको दुध डेरी आशिकरुपमा भत्काई आगो नियन्त्रमा लिने प्रयास गरिएको छ।
फुङलिङ नगरपालिकाको दमकलले यो समाचार तयार पार्दासम्म आगो नियन्त्रमा लिने प्रयास जारी राखेको छ। अहिले नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको घरमा लागेको आगो दमकलले नियन्त्रमा लिने प्रयास गरिरहेको छ।
२०७१ सालमा पनि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार आगलागी हुँदा चार दर्जनभन्दा बढी घर जलेका थिए । आगलागीले बजारको तोक्मेडाँडा क्षेत्रमा रहेका तीन सरकारी कार्यालय, आधादर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका थिए ।
हेर्नुहोस लाइभ भिडियो
ताप्लेजुङमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर
ताप्लेजुङमा भिषण आगलागी, आगो नियन्त्रण बाहिरhttps://ktmdainik.com/2020/05/6301/
Gepostet von Ktm Dainik am Freitag, 1. Mai 2020