
काठमाडौं, १९ वैशाख : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भीषण आगलागी भइरहेको छ ।
शुक्रबार राती करिब ९ बजेदेखि सुरु भएको आगलागी मध्यरातसम्म नियन्त्रणमा आउन सकेको छैन ।
फुङलिङ बजारको ट्याक्सी लाइनबाट सुरु भएको आगलागी नियन्त्रण बाहिर रहेको स्थानीय सञ्चारकर्मी सुबास आचार्यले बताए । ट्याक्सी लाइनका घरहरु जलेर पूर्णत नष्ट भएको आचार्यले लाइभ मार्फत देखाएका छन् । जिल्लामा एउटा मात्रै दमकल भएको कारण नियन्त्रणमा समस्या भएको उनको भनाई छ ।
२०७१ सालमा पनि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार आगलागी हुँदा चार दर्जनभन्दा बढी घर जलेका थिए । आगलागीले बजारको तोक्मेडाँडा क्षेत्रमा रहेका तीन सरकारी कार्यालय, आधादर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका थिए ।
https://www.facebook.com/Ktmdainikofficial/videos/541007469937529/