
दिग्गज कलाकार इरफान खान र ऋषि कपुरको निधनपछि बलिउडलाई तेस्रो झटका लागेको छ।
चर्चित फिल्म निर्माता तथा प्रोड्युसरर्स अफ इन्डिया (पिजिआई)का सिइओ कुलमित मक्करको शुक्रबार बिहान निधन भएको छ। पिजिआइका प्रवक्ताका अनुसार मुटुको समस्या रहेका कुलमीतको ६० बर्षको उमेरमा मृत्यु भएको हो।
पिजिआइले एक विज्ञप्तिमा भारतीय चलचित्र र टेलिभिजन जगतको विकासमा उनको योगदान महत्वपूर्णृ रहेको जनाएको छ। कुलमीत मक्करको निधनमा बलिउड कलाकारहरूले ट्वीट गरेर उनलाई श्रद्धांजलि अर्पण गरेका छन्।