एजेन्सी, १९ । रसियाका प्रधानमन्त्री मिखाएल मिसुतिनलाई कोरोना संक्रमण भएपछि पदत्याग गरेका छन् । प्रधानमन्त्री मिसुतिनले राष्ट्रपति भ्लादमिर पुटिनलाई आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै पदत्याग गरेका हुन् ।
र याे नि : रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमणको पुष्टि
संक्रमण भएको पुष्टि लगत्तै सेल्फ आइसोलेसनमा जान उनले प्रधानमन्त्री पद त्यागेको जानकारी दिए । टेलिभिजनबाट प्रसारित बैठकमा प्रधामन्त्री मिसुतिनले उपप्रधामन्त्री एन्ड्रे बिलौउसोभलाई कामचलाउ प्रधानमन्त्री चयन गर्न सिफारिस गरेका हुन् ।
पुटिनले उक्त प्रस्ताव स्विकार गरेका छन् । ५४ वर्षीय मिसुतिन गत जनवरीमा प्रधानमन्त्री चयन भएका हुन् ।