
नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको बताएको छ।
उनीहरु दुवै जना पुरुष हुन् । संक्रमितमध्ये १ जना रुपन्देही निवासी २५ वर्षका पुरुष हुने जो केही समय अगाडी विदेशबाट नेपाल आएको बताइएको छ भने अर्का व्यक्ति बाँके निवासी ६० वर्षिय पुरुष हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।