
नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा आज रुपन्देहीमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज गरिएको परीक्षणमा एकजना थपिएसँगै संक्रमितको ५८ जना पुगेको छ । केही दिन अगाडी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पुष्टि हुनेको संङख्या ५८ पुगेतापनि एकजनाको नाम दोहोरिएकोले संक्रमित ५७ भएको स्पष्टिकरण दिइसकेको छ ।
आज थप भएका संक्रमितका बिषयमा मन्त्रालयले केहीवरेमा जानकारी गराउने बताएको छ । मन्त्रालयले आज (शुक्रबार) २ बजे एक प्रेस विज्ञप्ती जारी गर्दै सो कुराको पुष्टि गरेको छ । जारी गरेको प्रेस विज्ञप्तीमा बाँकेमा थप एक जना गरी कोरोना संक्रमितको संख्या ५९ पुगेको बताइएको छ ।
पढ्नुहोस् समाचार :
स्वास्थ्य मन्त्रालयको विज्ञप्ती : नेपालमा थप दुई कोरोना संक्रमित भेटिए
सच्चाइएको : यसअगाडी प्रकाशित भएको यस समाचारमा रुपन्देही जिल्लामा कोरोना संक्रमित भेटिए हुनुपर्नेमा नवलपरासी जिल्ला भएकोले सच्चाइएको छ ।