
बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको बिहीवार मुम्बईमा ६७ वर्षको उमेरमा निधन भयो। उनका एक्ला छोरा रणवीर शोकाकुल बने । ऋषि कपुरको अन्त्यष्टि अघिका केही तस्वीर सामाजिक संजालमा देखा परेका छन्। ती तस्वीर भावुक बनाउने किसिमका छन्।
भारतीय सिनेमाले प्रतिभाशाली कलाकार इरफान खानलाई गुमाएको भोलिपल्टै अभिनेता ऋषि कपुरलाई गुमाएपछि सम्पूर्ण बलिउड यतिबेला शोक छ।
मात्र २४ जना उनको अन्तिम संस्कारमा उपस्थित हुन पाए।
कोरोनाका कारण जारी रहेको देशव्यापी लकडाउनले गर्दा दिल्लीमा रहेकी ऋषिकी छोरी रिद्धिमा कपुर र उनको परिवार अन्त्येष्टिमा सहभागी हुन पाएन।
ती मध्ये एक तस्वीरमा ऋषि कपूरका छोरा एवं अभिनेता रणबीर कपुर आफ्नो बुवालाई एकटकले हेरिरहेको देख्न सकिन्छ।
उनी टाउको निहुँराएर उभिरहेका छन् र निकै संवेदनशील देखिन्छन्। उनलाई बाबुले संसार छाडेर गएको विश्वास नभएको जस्तो भावमा देखिन्छ।
अर्को एक फोटोमा आलिया भट्ट देख्न सकिन्छ। तस्वीरमा उनी पनि रोइरहेकी छन्।