
कैलाली । धनगढीकी कोरोना संक्रमित महिलाको छैठौं रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट लगातार पोजेटिभ आईरहेको छ ।
चैत २२ गते कोरोना पुष्टि भएपछि संक्रमित महिलाको छ पटक सम्म परीक्षण भईसकेको र सबै रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । संक्रमित महिलाको ६ पटकसम्म रिर्पोट पोजेटिभ आए पनि स्वास्थ्य सामान्य रहेको छ ।
सूचना अधिकारी श्रेष्ठका अनुसार चिकित्सकहरुको सल्लाह अनुसार उनको थ्रोट स्वाब फेरी संकलन गरी परीक्षण गरिने छ । सेती अस्पतालमा कोरोना भाईरसको उपचार गरेर ४ जना घर फर्कि सकेका छन । अब उनी मात्रै उपचाररत रहेकी छन ।
नेपालमा अहिले सम्म ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने जसमध्ये १६ जना निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भईसकेका छन । अब ४१ जना देशका विभिन्न अस्पतालमा उपचाररत रहेको छन भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।