
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र चरम विवाद भइरहेका बेला चिनिया राजदूत हौ यान्छी सक्रिय भएकि छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका बेला राजदूत यान्छीको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
विहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटर्वार्ता गरेकि थिइन । प्रधानमन्त्रीसँग झण्डै ढेड घण्टा उनले छलफल गरेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीसँग उनले के बिषयमा छलफल गरिन् ? त्यो भने खुल्न सकेको छैन ।
विहीबार प्रधानमन्त्री ओलीसँग भेटर्वार्ता गरेकि राजदूत यान्छीले शुक्रवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटर्वार्ता गरेकि छन् । प्रचण्ड निवास खुमलटार पुगेर उनले प्रचण्डसँग भेटवार्ता गरेको स्रोतले बताएको छ ।
उनको भेटर्वार्ता राजनीतिक हो वा होइन ? त्यो भने खुलेको छैन । प्रचण्डपछि उनले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटर्वार्ता गर्ने भएकि छिन् ।