
काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९)का कारण नेपाल पनि ठूलो आर्थिक संकटमा पर्नसक्ने भन्दै नेपालका लागि नेपाली अभियानका एक अभियान्ता बालकृष्ण न्यौपानेले संकटबाट जोगिन प्रदेशहरुको खारेज गरे सय जनाको संसद र १ण् सदस्यीय मन्त्रिमण्डल रहने प्रणालीमा जानुपर्ने तर्क अघि सारेका छन् ।
एक यूट्युव ट्च्यानलमा बोल्दै उनले कोरोना महामारीले अहिलेको राजनीतिक व्यवस्था र संविधानलाई संकटमा पारेको भन्दै अहिलेको संरचना आर्थिकरुपमा धानिन नसक्ने अवस्थामा पुगेको बताए । न्यौपानेले अब वैदेशिक रोजगारीबाट विप्रेषण आयमा पनि कमी हुने र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा पनि नआउने भएकाले १० जनाको मन्त्रिमण्डल, सय जनाको मात्रै संसद बनाउनुपर्ने भन्दै प्रदेशहरु खारेज गर्नुपर्ने तर्क गरेका छन् ।
त्यसो नगर्ने हो भने हात्तिलाई बोकाको दाना जस्तो हुने उनको तर्क छ । न्यौपानेले बोकालाई दिने दाताले हात्तिलाई नपुग्ने बताउँदै संविधानसभा निर्वाचन गराउने नाममा राज्यको ठूलो धुकुटी खर्च भएको र तीन तहको सरकारको ठूलो संरचनाबाट राज्य कोषमा ठूलो लुट गर्ने काम भइरहेकोले यसलाई रोक्न छरितो संरचनामा जानुको विकल्प नरहेको बताए ।
वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले फजुल खर्च कटौतीतर्फ नजाने हो भने कर्मचारीले तलव खान नै नपाउने स्थिति आउनसक्ने भन्दै रुसमा जस्तै आधा तलवमा काम गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । आर्थिक अवस्था राम्रो हुँदा मात्रै धेरै खर्च गर्ने हो भन्दै उनले तर आर्थिक अवस्था बिग्रिएमा खर्च कटौतीमा जानैपर्ने बताए ।
कोरोनाको समस्या कहिलेसम्म रहन्छ ? अनिश्चित रहे पनि यसले ठूलो आर्थिक समस्या आउने कुरा सुनिश्चित रहेको बताए । सानो र कम खर्चिलो संरचनाबाट अघि नबढ्ने हो भने यो देश चल्न सक्दैन भन्दै उनले कोरोनाका कारण नेपालीहरुले अझै धेरै दुःख पाउनुपर्ने दिन आउँदैछ भने । न्यौपानेले नेपालको राष्ट्रिय एकताका लागि संसदअन्तर्गत रहनेगरी राजसंस्थालाई निरन्तरता दिनुपर्ने पक्षमा वकालत गर्दै आएका छन् ।
र यो पनि पढ्नुहोस् :
पूर्व अर्थमन्त्रीको सुझाव “धनीहरुको वृद्धभत्ता रोकौँ, नचाहिने सरकारी संस्था खारेज गरौँ”