
नेपालमा थप पाँच जना कोरोना संक्रमित थपिएको छन्।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार संक्रमित संख्या आजै मात्र १७१ जना पुगेको हो ।
मन्त्रालयको दिउँसो नियमित पत्रकार सम्मेलनमा आज (आइतबार) थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । यो सँगै नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ७२ पुगेको छ भने २ सय २० जना उपचारपछि निको भएर घर फर्केका छन् ।
यस्तै ८ जना संक्रमितको ज्यान गइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार मृत्यु भइसकेका २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै मृतकको संख्या ८ पुगेको हो ।
प्रवक्ता देवकोटाले दैलेखको दुल्लु नगरपालिका-७ को क्वारेन्टाइनमा रहेका दुल्लु ११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६७ हजार ५ सय ८२ र आरडीटी विधिबाट १ लाख ११ हजार १ सय ९ जनाको नमुना परीक्षण गरिएको छ । गत २४ घन्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडीटी विधिबाट ४ हजार ५४ नमुना परीक्षण भएका छन् ।
यस्तै आइसोलेसनमा १ हजार ३ सय ४९ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको संख्या १ लाख १९ हजार १ सय ९२ पुगेको छ ।